Skip to content

तीन मुक्तक (जुनेली मलाई त्यो रातमा)


१)
जुनेली मलाई त्यो रातमा नखोज्नु
मेरो माया अर्काको साथमा नखोज्नु
जिउदै जलाएर खरानी बनाएपछि,
केही छैन बाँकी मसानघाटमा नखोज्नु

२)
सुनसान भयो घर तिमी नहुँदा
हुदैन कसैको भर तिमी नहुँदा
सम्झेरै ज्यान आधी भइसक्यो,
छैनन् कुनै रहर तिमी नहुँदा

३)
सम्झनामा सधैं तरंगित बनेर
आउनु तिमी मेरो मित बनेर
सधैं साथ दिनु मलाई यसरी नै,
मेरा हर पाइलामा जीत बनेर

चन्द्र भट्ट
कोटेली, डँडेल्धुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *