Skip to content

डेनमार्कका नेपालविद् हायन्स जोर्गेन्सन्

  • by


जिन्दगीमा हिमाली भूमि नेपालमा कहिल्यै नआई तथा कुनै पनि नेवारसँग प्रत्यक्ष भेटघाट नै नगरी जर्मनको लोकसाहित्य सङ्ग्रहालय तथा अक्सफोर्ड विश्वविद्यालयको राजकीय पुस्तकालयमा उपलब्ध नेपालभाषाका पाण्डुलिपिहरूको स्वतन्त्र अध्ययन गरी बीसौँ शदीको मध्यभागतिर युरोप महादेशमा नेपालभाषाको प्रचार प्रसारमा महìवपूर्ण योगदान दिनेहरूमा एकजना प्रमुख हुनुहुन्छ- डेनमार्कका डा. हायन्स जोर्गेन्सन । उक्त काममा उहाँले निर्वाह गर्नुभएको महìवपूर्ण भूमिकालाई ध्यानमा राखेर नै उहाँलाई नेपालविद् भनिएको हो ।

हायन्स जोर्गेन्सनको जन्म सन् १८८६ मार्च ४ मा युरोपेली महाद्वीपको उत्तरी भागमा अवस्थित डेनमार्कको ओस्कबोल नजिकैको एउटा गाउँमा हुनेखाने किसान परिवारमा जेठो छोरोको रूपमा भएको हो । उहाँको बाबुको नाम जेम्स तथा आमाको नाम हो हेलेन ।

हायन्सले आˆना दुई भाइ पाउल र जेन्ससँगै ओस्कबोलको गाउँघरको पाठशालामा प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । त्यसपछि उहाँलाई पउनी हाडेरस्लाभको ग्रामर स्कुलमा भर्ना गरियो । सो स्कुल सन् १५६७ ताका ड्यूक हायन्स र एल्डरले स्थापना गरेको हुँदा ऐतिहासिक महìवको छ । सोही स्कुलबाट उहाँले सन् १९०६ को मार्च महिनामा विज्ञता प्रमाणपत्र हासिल गर्नुभयो । त्यसपछि उहाँले कील, मार्वर्ग, म्युनिखका विश्वविद्यालयहरूमा शास्त्रीय भाषाविज्ञान र तुलनात्मक भाषाशास्त्रको अध्ययन गर्नुभयो । त्यसका साथै रूसी र मङ्गोल भाषासहित बहुभाषा अध्ययनमा लाग्नुभयो । केही समयपछि संस्कृत भाषा विज्ञान पनि अध्ययन गर्नुभयो ।

सन् १९०९ मा कोल विश्वविद्यालयमा एमिल सिग नामक व्यक्ति संस्कृतको प्राध्यापकमा नियुक्त भएपछि सिगकै निर्देशनमा उहाँले मन्त्र ब्राहृमणको दोस्रो प्रपाठकको संस्करणमाथि खोजपूर्ण विवेचना लेख्नुभयो । सोही प्रपाठकको अनुवाद, टिप्पणी र पाठ सम्पादन गर्ने क्रममा संस्कृतका विभिन्न पाण्डुलिपिहरूको अध्ययन गर्नुपर्दा नेपालभाषामा अनुवाद भएको संस्कृत पनि पढ्ने अवसर पाउनुभयो । मन्त्र ब्राहृमणको दुईटा पाठमा छान्दोग्यपनिषद् पनि परेको हुँदा यही शोधग्रन्थलाई प्रशंसापत्रसहित उहाँलाई सन् १९११ डिसेम्बरमा विद्यावारिधिको उपाधि दिइयो ।

उक्त उपाधि प्राप्तिपछि सन् १९१२ मा जर्मनको लोकसाहित्य सङ्ग्रहालयमा केही समय प्रशिक्षक-प्राध्यापक भई काम गर्दा नेपालभाषाको विशेष अध्ययन गर्ने अवसर पाउनुभयो । उहाँको प्रमुख कार्य भनेको मलाया द्वीपसमूहको भाषा अध्ययन गर्नु थियो तर संस्कृतको ज्ञानको कारण उहाँले आफूलाई नेपालभाषामा समर्पण गर्नुभयो । यसैको परिणामस्वरूप हायन्सले पहिलोपटक सन् १९२१ मा एउटा लेख लेख्नुभयो-“नेपालभाषा भाषाको ज्ञानमा केही योगदान ।” मूल जर्मन भाषामा लेखिएको यस लेखमा बेताल पञ्चविंशनिकाश दुईटा कथा पनि समावेश गरिएको छ ।

त्यसपछि सन् १९२८ मा जर्मन भाषामै अर्को लेख लेख्नुभयो- “नेपालभाषा शब्दकोश निर्माण गर्ने एउटा प्रयास ।” सो लेखलाई पछि परिमार्जन र परिवर्तित गरी शब्दकोश नै तयार पार्नुभयो । सन् १९३६ मा तेस्रो लेख लेख्नुभयो- “नेपालभाषा क्रियाको भाषा-वैज्ञानिक टिप्पणी ।” यसमा नेपालभाषालाई अङ्ग्रेजी, तिब्बतर्मेली भाषा समूहसँग तुलना गरिएको छ ।

यी लेखहरू प्रकाशनको केही समयअघि हायन्स जोर्गेन्सनलाई डेनमार्कको प्रसिद्ध बियर कम्पनी काल्र्सवर्ग फाउन्डेसनले सन् १९२७ मा आजीवन अनुदानवृत्ति प्रदान गर्‍यो । त्यसको कृतज्ञतास्वरूप हायन्सले आˆना प्रत्येक पुस्तकको सुरूमा त्यस फाउन्डेशनप्रति आभार प्रकट गर्ने गर्नुभएको छ । फाउन्डेशनको अनुदान पाएपछि उहाँले इङ्गल्याण्डमा बसेर विशेष अध्ययन गर्ने मौका पाए । यसको पहिलो परिणामस्वरूप “विचित्र कणिर्कावदानोध्दृत ः बौद्ध कथा सङ्ग्रह नेपालभाषामा” नामक पुस्तकका नौवटा कथाको रोमन लिपिमा मूलसहित अङ्ग्रेजी अनुवाद रोयल एसियाटिक सोसाइटी, इङ्गल्याण्डबाट सन् १९३१ मा प्रकाशित भयो ।

त्यसपछि उहाँ थला पर्नुभयो । आˆनै देश डेनमार्क फर्केर अस्पतालमा भर्ना हुनुभयो । रोगबाट तङ्गि्रएपछि लन्डनमा बसेर वर्षौँवर्ष लगाएर सङ्ग्रह गरेका शब्दहरू विस्तार गरेर शब्दकोश तयार पार्नुभयो । रोयल डेनिस एकेडेमी अफ् साइन्सेस एण्ड लेटर्सबाट स्वीकृत गराई “अ डिक्सनरी अफ् द् क्लासिकल नेपालभाषा” -क्लासिकल नेपालभाषा शब्दकोश) नामक कोश सन् १९३६ मा प्रकाशित गर्नुभयो । उक्त ग्रन्थमा प्रयुक्त “क्लासिकल नेपालभाषा” भन्ने शब्द प्राचीन हस्तलिखित ग्रन्थहरूमा प्रयोग भइरहेकोलाई भनेको भनी लेखेका छन् । उक्त शब्दकोश तयार पार्न २३ वटा स्रोत सामग्री प्रयोग गरी नेपालभाषाका छ हजार शब्दको अङ्ग्रेजी अर्थ दिइएको छ ।

केही समयपछि “सिंहासनद्वाभिं शतिका” को नेपालभाषा पाठसहितको “बत्तीस पुत्रीका कथा” को मूल रोमन लिपिमा र त्यसको अङ्ग्रेजी अनुवाद -व्याख्यासहित) सन् १९३९ मा प्रकाशित भयो । उक्त ग्रन्थमा प्रयुक्त सन्दर्भ सामग्रीले उहाँलाई पूर्वीय आख्यायिका साहित्यको विशेेषज्ञको रूपमा प्रस्तुत गर्‍यो ।

उक्त ग्रन्थ प्रकाशनको दुई वर्षपछि हायन्सको अर्को कृति “अ ग्रामर अफ् द् क्लासिकल नेपालभाषा” -क्लासिकल नेपालभाषाको व्याकरण) सन् १९४१ मा प्रकाशित भयो । उक्त पुस्तकमा उहाँले १४ औँदेखि १९सौँ शदीसम्मको अनेकौँ प्राकृतिक परिवर्तनलाई समेत स्थान दिएर नियममा बाँध्ने काम गर्नुभएको छ । छ सय वर्षभन्दा पनि अघि प्रकाशित सो ग्रन्थ हालसम्म पनि प्राचीन नेपालभाषाको अध्ययनको लागि आधार ग्रन्थ रहेको कुरा नेपालभाषाका विशेषज्ञहरू बताउँछन् ।

आˆनो देश डेनमार्कभन्दा नेपालका बुद्धिजीवीहरूमाझ बढी चिनिने तथा झण्डै आˆनो सारा जीवन नेपालभाषाको अटुट अध्ययन, अनुसन्धान, व्याख्या र विश्लेषणमा लगाउनुका साथै केही महìवपूर्ण लेखहरू, दुईटा अनुवाद, दुईटा मौलिक ग्रन्थ लेखेर युरोपमा प्रचार प्रसार गर्ने काममा संलग्न रहँदै सन् १९५४ को प|mेब्रुअरी ६ तारिखका दिन ६८ वर्षको उमेरमा उहाँको दुःखद निधन भयो ।

सन् १९६१ मा इटालीको राजधानी रोममा आयोजित विश्वका प्राच्यविद्हरूको सम्मेलनमा नेपालभाषासम्बन्धी उहाँको योगदानलाई कदर गरी उनलाई “नेपालभाषा अनुसन्धानका अग्रणी” को रूपमा सम्मान गरियो ।

साठी वर्षभन्दा अघि हायन्स जोर्गेन्सनद्वारा सम्पन्न कार्यहरूलाई आधार मानेर उहाँपछि स्वीडेनका डा. सिग्प|mेड लीनहार्ड, जर्मनका श्रीमान्/श्रीमती बर्नहार्ड तथा उल्टिके कोयलर, आस्टिन हेलका साथै अन्य केही युरोपेली अध्येता एवं अनुसन्धाताहरूले यसभाषासम्बन्धी लेखहरू र पुस्तकहरू लेखेर अध्ययन र अनुसन्धानको क्रमलाई निरन्तरता प्रदान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *