Skip to content

आधा प्रहर बित्यो


आधा प्रहर बित्यो अँझै पर्खी बसेँ
तिमी आउने बाटो हेरी पर्खी बसेँ

अन्तै शिकार भैट्यौ कि आवेगमा त्यो
मनमा आतंक छ एक्लै थर्की बसेँ

भयानक क्रोध जाग्यो हृदयभरि
कतिखेर आउछे भन्दै चर्की बसेँ

विहानीको स्पर्शसँगै अखवार सुने
विछोडको त्यो कथा सुन्दा त तर्की बसेँ

उषा लालीसँगै धेरै कुरा सेलाए
अत्यास लाग्यो आफैसगँ झर्की बसेँ

जोड्यो जोड्यो हात सधैं शून्य नै लाग्यो
जीवन खेर जानु ‘याद’सँगै लर्की बसेँ

यादवजंग सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *