Skip to content

नयाँ विहानी


नयाँ विहानी

विगत लामो समयदेखिको
हत्या र हिंसालाई रोक्दै
त्रास र आतंकलाई पन्छ्याउँदै
अभाव र अशान्तिलाई फाल्दै
बन्द र हड्ताललाई स्थगित गर्दै
आएको नयाँ विहानी

विगत लामो समयदेखिको
राजनैतिक अस्थिरता हटाउँदै
मानवअधिकार हनन् रोक्दै
बन्द विद्यालय खोल्दै
वाक स्वतन्त्रता कायम राख्दै
मजदुर हकहित प्रदान गर्दै
आएको नयाँ विहानी

विगत लामो समयदेखि
व्याप्‍त अन्यौल र अस्थिरता हटाउँदै
जनअधिकार सुनिश्चित पार्दै
संविधान जनताबाट निर्माण गर्न
निरंकुशता अन्त गर्दै
जनाधिकार स्थापित गर्दै
आएको नयाँ विहानी

विगतका कहाली लाग्दा दिनहरू
दिन गए रात, रात गए दिन नजाने क्षणहरू
रक्तरंजित वनपाखाहरू
त्रास, आतंकको शृङ्‍खलालाई पन्छाउँदै
आएको नयाँ विहानी

ऐतिहासिक संविधानसभा निर्वाचन
निरंकुश शासनपद्धतिको अन्त गर्दै
गणतन्त्रात्मक राज्य स्थापना गर्न
आएको नयाँ विहानी

सहमति र सहकार्यसँगै
जनताका लागि शासक हैन
जनताकै प्रतिनिधि छान्‍न
आएको नयाँ विहानी
स्वागत छ नेपाली घर आँगनमा ।

-सकु थापा
चरखण्डी, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *