Skip to content


लेकबाट सँगै बेँसी झर्न पाए हुन्थ्यो
उनकै घरछेउमा डेरा सर्न पाए हुन्थ्यो।

के गर्नु र चिनाजानी भाकै छैन हाम्रो
के छ विचार आदान–प्रदान गर्न पाए हुन्थ्यो।

गमलाको फूलजस्ती मेरी मायालुलाई
हात समाई तौधीखोला तर्न पाए हुन्थ्यो।

मनभरि थुप्रै रहर उर्लिएको देख्दा
एकान्तमा केही कुरा गर्न पाए हुन्थ्यो।

के छ र यो जिन्दगीमा मरी लानु हेर
बाँचुन्जेल हाँसखेल गर्दै मर्न पाए हुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *