पाइला चलिहरेहेकै छ
यात्रा अनिश्चित छ
शहर अन्जान छ
रुपहरूले आर्षित गरिरहन्छ
मनमा तरग पैदा गरिदिन्छ
तर शहर अन्जान छ
बेला बेला अन्जान रुपमा पनि
नजर मिलदोरहेछ
यात्रा यात्रीहरूको भीडमा
आफूलाई पाउछु
बाटो उही जाहाको त्यही छ
फरक अनुहार आउछन अनि जान्छ
कोही उदास छ
केही कोठमा हासो छ
मेरा लागि अँझ शहर अन्जान छ
एकलो यात्री बनिरहदा
मन दिक्क भएको छ
बाटो भरि देखिएको अपरिचितबाट
मन भयावाह छ
कसरी नजिक पर्ने ?
मित्रता कायम गर्ने
जीवनको ती समय
कसरी सही सदुपयोग गर्ने?
मनमा नदेखिदो तनाव छ
अँझै पनि शहर अन्जान छ
एकलो यात्रा कसरी चल्छ र ?
अपरिचित सडक काहँ वोल्छ र?
मन भरिको बेदनमा पनि मनले
कसरी थेग्न सक्छ र?
ओटमा हासो देखाउन पनि
साथी अनि साथ चाहिन्छ
एकलो यात्रा निराश झै लाग्छ
अँझै पनि शहर अन्जान झै लाग्छ