Skip to content

“लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो”

  • by

लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।
बचेको यो बाँकि जिवन तिमि संगै सेट भयो ।।

कुनै चिज स्थायी हुन्न दु:ख पनि स्थायी होइन
जिन्दगिको उताव चढाब आउदा आउदै लेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

कस्ले मेटाई दिन सक्छ भाग्यको यो लेखान्तलाई
छाति चिरी दिउला सानु त्यहि पस्ने गेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

हाँसी बोलि गर्छ्येउ तिमि कति साह्रो मनकारी
त्यै हाँसोले खु:शि पार्छ दु:ख सबै चेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

निन्द्रा भाग्यो क्षितिज पारी भोक कता कता
नखाएनि भरी भराउ टन्न मेरो पेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

जता ततै मैलाई देख्छौ म नि तिम्रो कल्पनामा
हाम्रो खबर पुर्‍याईदिने यहि ईन्टरनेट भयो ।।
लेखान्त नै रैछ मेरो तिमि संग भेट भयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *