Skip to content

तीन मुक्तक (कहिले वार कहिले पार)


१)
कहिले वार कहिले पार बनायो
सधैं जीवन पनि, भार बनायो
भगवानले पनि आफ्नो सम्झौता,
बनायो खै किन, बेकार बनायो ।

२)
उसको ठुलो सपना साकार भएको छ
मेरो जीवनको कुरुप आकार भएको छ
जलेको नै मन लिई एक्लै बाँच्नु पर्दा,
माया त मेरोलाई हाहाकार भएको छ ।

३)
मायाको छुट्टै एउटा आकार बनाउने छु
तिम्रो लागि अलगै उपहार बनाउने छु
देख्नेहरू सबै यहाँ चकित पर्ने गरी,
तिम्रो लागि अलग्गै संसार बनाउने छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *