Skip to content


पृथ्वीको ठुलो पन्नाहरुमा
बिना मशीको, काठको
ठुलो कलम काँधमा बोकेर,
आज पनि उ बेँसीतिर झरेको छ ।
जिन्दगीको धेरै घाम पानीहरु
बर्सौ देखी खेपेर
मृत्‍युलाई पर्खेरहेको त्यो बुढो मान्छे ।
आसिनापानीले बाली लैजादा
आफुलाई परिक्षामा असफल भएको ठान्ने
त्यो बुढो मान्छे
खेतका गराहरुमा हलो रुपी कलमले
जती जती माटोहरु पल्टाउदै जान्थ्यो,
त्यती त्यती खेतमा अक्षरहरु बन्दै जान्थे ।
जती सुकै मेहनत गरेर अक्षरहरु लेखे पनि
गरीबीको कक्षाबाट कहिल्यै पास हुन नसकेको
त्यो बुढो मान्छे
बर्सौ देखी पुरानै कक्षामा पढिरहेको छ ।
बिल्कुल नयाँ किसिमको,
हाम्रो शब्दकोशमै नभएको अक्षरहरु
खेतको गराहरुमा लेखिरहेको छ ।
संसारकै शब्दकोशमा नभएको
अक्षर लेख्ने त्यो महान मानब
अझै पनि
आफ्नै भाषामा
कपुरी ‘क’
लेखिरहेको छ ।
लेखिरहेको छ ।

2 thoughts on “कपुरी क”

  1. This nice poem speaks the
    This nice poem speaks the great reality of our country.
    What a nice poem!
    Keep it up!

    (suphi)

Leave a Reply

Your email address will not be published. Required fields are marked *