Skip to content

तिमीलाई हाँसेर बिदा


तिमीलाई हाँसेर बिदा मात्र दिइसकेथें
आँशु झरिसकेछन् म तिनलाई पुछ्न थालें
तिमी मलाई छोडी गैसकेको मात्र के थियौ
तिमी फर्कने दिन म हतारिदै गन्न लागें

यो दुई दिनको विछोड पनि कति नमीठो
के बिर्सिए जस्तो हराए जस्तो नपुगे जस्तो
मान्छेको हुलबीच पनि शून्यपन कस्तो
ताराहरूलाई छोडी चन्द्र लुकिदिए जस्तो

यी दिन यी रातका हर पल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो
यी मीठा गीतका धुनका पनि कति झर्को लाग्दा
फूल झरी काँडा मात्र बाँकी भइदिए जस्तो

शब्द – चाँदनी शाह
स्वर – तारादेवी

Leave a Reply

Your email address will not be published. Required fields are marked *