Skip to content

सुजने दमै र गुन्टे माइला


सुजने दमै र गुन्टे माइला
लगाई हिड्छन् एक-एक प्याला
अनि हुन्छ शुरू जाँड-लीला

रक्सीको रूप मोहिनी, छुन्छ हर एक अङ्ग
गर्दछन् दुस्साहस, गरी दुर्वासाको ध्यान भङ्ग

दुर्वासाको श्राप परिधि भित्र,
सुजने र गुन्टे हेर मित्र
रक्सीको नशा, मगज तितर-वितर
नाच्न थाल्यो गुन्टे, टोल भितर-भितर

बजाइरहेछ सुजने मादल
ढोलक ढोल ढोल
यस रक्सीको उन्माद अनमोल

बीडी पिउँछ, भन्छ चुरुट महँगो
दुई जोर लुगाको भार गह्रुँगो
बोहनी पूर्व नै, रक्सी प्याला उधारो
हाय रे गुन्टे तेरो भाग्य अपूरो

बिजुलीको तार तार
प्रभुको महिमा अपरम्पार
जय हो गुन्टे! जय हो सुजने!
रक्सी पियौ बेचेर मने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *