Skip to content

लेकबेंशी तल माथि गर्दै


लेकबेंशी तल माथि गर्दै होलिन मेरी आमा
पकाउनलाई मानो पाथी भर्दै होलिन मेरी आमा

कुच्चिएको गाग्रीलाई कोखिल्लामा च्यापेर
धंधगाउदै पधेंरीमा झर्दै होलिन मेरी आमा

सिम सिम पानी पर्दैहोला जेठ असारको झरीमा
गैरी गाउँको खहरे पनि तर्दै होलिन मेरी आमा

मानो रोप्दा मुरी फल्ने घरपारिका पखेरामा
रोप्नलाई धानको बिउँ छर्दै होलिन मेरी आमा

फुल अक्षेता हातमा लिई पूर्ण भक्तिभावले
निहुरेर पाउ ईश्वरसामु पर्दै होलिन मेरी आमा

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *