Skip to content

भाषा संस्कार र संस्कृति र हामी


सबैले भन्छन ” हाम्रो भाषा साहित्य र संस्कृतिको संरक्षण, संबर्धन तथा प्रवर्धन गर्नु जरुरी छ ।” के भाषा साहित्यको सवालमा कुनै पनि अन्योल छैन, जति बाँचेको छ, सरासर त्यसको संरक्षणमा लागे हुन्छ । भाषा साहित्यका सवालमा केन्द्रित रहेर फेरि अर्को तर्क गरौंला । तर,संस्कृतिको सवालमा द्विविधा र अन्योलहरू छन, जसवारे म यहाँ केही भन्न चाहन्छु । संस्कृति भनेकै वास्तवमा केहो ? छुट्याउन कठिन भइरहेको छ । हाम्रो नेपाली समाजलाई । संस्कृति भित्रै संस्कार – परम्पराका कुरा मिसिएका छन । र कुन कुन संस्कारहरू जायज – सान्दर्भिकछन, आजको परिवेशमा भन्ने किटान हुन सकेको छैन । कुन कुन सांस्कृतिक आधारहरूको प्रवर्धन र संरक्षण तर्फ सामुहिक पहल हुन पर्ने हो ? यस कुरामा कसैले निर्कोल्य गरेको छैन र प्रयास पनि गरेको भान भइरहेको छैन ।

संस्कृति सामाजिक अंत: क्रिया एवं सामाजिक व्यवहारमा उत्प्रेरक प्रतिमानहरूको समुच्चय हो । यस समुच्चयमा ज्ञान, विज्ञान, कला, आस्था, नैतिक मूल्य एवं चलनहरू समाविष्ट हुन्छ । संस्कृति भौतिक, आर्थिक, सामाजिक एवं राजनीतिक तथा आध्यात्मिक अभ्युदयको उपयुक्त मानिसको श्रेष्ठ साधनाहरू र सम्यक चेष्टाहरूको समष्टिगत अभिव्यक्ति हो । यसले मानिसको वैयक्तिक एवं सामाजिक जीवनको स्वरूपको निर्माण, निर्देशन, नियमन र नियंत्रण गर्दछ । अत: संस्कृति मानिसको जीवन पद्धति, वैचारिक दर्शन एवं सामाजिक क्रियाकलापमा त्यसलाई समष्टिवादी दृष्टिकोणको अभि व्यन्जना हो । यसमा प्रतीकहरूद्वारा अर्जित तथा सम्प्रेषित मानव व्यवहारहरूलाई सुनिश्चित प्रतिमान संनिहित हुन्छ । संस्कृति अनिवार्य अभ्यन्तर कालक्रममा प्रादुर्भूत एवं संचित परंपरागत प्रामाणिकता तथा औचित्यप्रतिपादनसँग सम्बद्ध हुन्छ । प्रत्येक संस्कृति चयन क्षमता एवं वर्णनात्मकता सामान्य सिद्धान्तहरूको संनिवेश हुन्छ । यस्को माध्यमबाट सास्कृतिक आधारका नाना रूप क्षेत्रहरूमा मानव व्यवहारको प्रतिमान सामान्यीकरणद्वारा अनुकरणीय हुन्छ । सास्कृतिक मान, चलनहरू सामान्यीकृत एवं सुसंगठित समभावको रूपमा स्थिरतातिर उन्मुख हुन्छ । यद्यपि संस्कृतिका विभिन्न तत्वहरूमा परिवर्तनको प्रकृया शाश्वत चलिरहन्छ । समाजको परिस्थितिमा परिवर्तनको शाश्वत प्रकृयाले प्रतिमानहरूलाई प्रभावित गर्दछ । सामाजिक विकासको प्रकृया साँस्कृतिक प्रतिमानहरूको परिवर्तनको प्रकृया हो ।

संस्कृति प्रकृति प्रदत्त हुदैन । यो सामाजिकरणको प्रकृयाद्वारा अर्जित हुन्छ । अत: संस्कृतिका ती संस्कारहरूसँग आवद्ध, जुन हाम्रा बंश परंपरा तथा सामाजिक विरासतको संरक्षणको साधन हुन्छ । यसको माध्यमबाट सामाजिक व्यवहारको विशिष्ठाहरूको एक पुस्ताबाट अर्को पुस्तामा नियमन हुन्छ । नियमनको यस नैरंतर्यमा नै संस्कृतिको स्तित्व निहित हुन्छ । र, यसको संचयन प्रबृतिले यसको विकासमा गति प्रदान गर्दछ । जस्मा नवीन आदर्शको जन्म हुन्छ । यी आदर्शहरूद्वारा वाह्य क्रियाहरू र मनोवैज्ञानिक दृष्टिकोणको समानयन हुन्छ तथा सामाजिक संरचना र वैयक्तिक जीवन पद्धतिको व्यवस्थापन हुन्छ ।

भाषा र संस्कृतिबाट नै आउँछ जीवनमा जीवन्तता । जीवनमा जीवन्तता त्यबेला मात्र आउन सक्छ जब हामी आफ्नो भाषा एवं संस्कृति प्रति जागरूक हुन्छौं । भाषा एवं संस्कृति बिना हामीले भौतिक रूपमा जति सुकै प्रगति गरे पनि, परिवेशमा यसबाट कुनै लाभ हुदैन । भाषा एवं संस्कृति जीवित तब मात्र रहन्छ जब त्यो हाम्रो परिवेश हुन्छ । अफ़सोस हामी आफ्नो जरोलाई नै छाडिरहेका छौं ।

भाषा हाम्रो संस्कृति एवं संस्कारको प्रतिक हो । भाषा धर्म होइन । धर्मलाई भाषाको जरुरत हुन्छ । एउटा भाषाको रूपमा नेपाली नेपालको पहिचान मात्र होइन बल्कि भाषा हाम्रो जीवन मूल्यहरू, संस्कृति एवं संस्थाकारको सही संवाहक, संप्रेषक र परिचायक पनि हो । नेपाली सबै नेपाली भाषाहरूको दिदी भएको नाताले नातोले उसको उपयोगी र प्रचलित शब्दहरू आफूमाथि समाहित गरेर सही अर्थमा नेपालको सम्पर्क भएको भूमिका निर्वाह गरिरहेको छ।

नेपाली भाषा वैश्विक पलटलमा पनि तकनिक र डिजिटलाइजेशनको क्षेत्रमा विस्तार र ठूलो बजारका अनन्त संभावनाहरू समेटने क्रममा छ । नेपालीको यसै महत्वलाई दृष्टिगत गर्ने तकनीकी कम्पनीहरूले यस भाषालाई बढ़ावा दिने कोसिस गर्दै छन । गुगलको तथ्याँक मुताबिक़ आज इन्टरनेटमा मौलिक विषयवस्तु ( कन्टेन्ट ) नेपाली भाषामा रचिदै छ र रचिनु पनि पर्दछ । उद्योग उत्पादनहरूले पनि नेपाली भाषामा लेख्ने, जस्का वारेमा विचार गरून । सरल, सहज र संगम भाषा भएकाले नेपाली विश्वको वैज्ञानिक भाषा हुन सक्छ ।

संस्कृतिका दुई पक्ष हुन्छन्
१ -आधि भौतिक संस्कृति
२ – भौतिक संस्कृति

सामान्य अर्थमा आधिभौतिक संस्कृति सभ्यताको नाउँबाट अभिहित गरिन्छ । संस्कृतिका यी दुवै पक्ष एक अर्काबाट भिन्न हुन्छन । संस्कृति अभ्यन्तर, यस्मा परंपरागत चिन्तन, कलात्मक अनुभूति, विस्तृत ज्ञान एवं धार्मिक आस्थाको मिश्रण हुन्छ । सभ्यता वाह्यवस्तु जस्मा मानिसको भौतिक प्रगति र सहायक,सामाजिक, आर्थिक, राजनीतिक र वैज्ञानिक उपलब्धिहरू सम्मिलित हुन्छन । संस्कृति हाम्रो सामाजिक जीवन प्रवाहका उद्गगम स्थली हो र सभ्यता यस प्रवाहमा सहायक उपकरण । संस्कृति साध्य हो र सभ्यता साधन । संस्कृति सभ्यताको उपयोगिताका लागि प्रतिमान उपस्थित गर्दछ ।

यी विभिन्नता हुदा हुदै पनि संस्कृति र सभ्यता एक अर्कासँग अंत:सम्बन्ध छ र एक अर्कालाई प्रभावित गर्दछु । सास्कृतिक मूल्यहरूको स्पष्ट प्रभाव सभ्यताको प्रगतिको दिशा र स्वरूपमा पर्दछ । यी मूल्यहरूका अनुरूप जुन सभ्यता निर्मित हुन्छ, तेई समाजद्वारा गृहित हुन्छ । सभ्यताको नवीन उपलब्धिहरू पनि व्यवहारहरू, हाम्रा मान्यताहरू या अर्को शब्दमा हाम्रो संस्कृतिलाई प्रभावित गर्दछ । समन्वयको प्रकृया अनवरत चलिरहन्छ ।

सम्पर्कमा आउने भिन्न संस्कृतिहरूले पनि क अर्कालाई प्रभावित गर्दछ । भिन्न संस्कृतिहरूको संपर्क त्यस्मा सहयोग अथवा सहयोगको प्रकृया अनवरत चलिरहन्छ ।

सम्पर्कका भौतिक तथा आधिभौतिक पक्षहरूको विकास समानान्तर हुदैन । सभ्यताको विकासको गति संस्कृतिको विकासको गतिभन्दा तीब्र हुन्छ । फलस्वरूप सभ्यता विकास क्रममा संस्कृतिभन्दा अगाडि निस्किन्छ । सभ्यता र संस्कृतिको विकासको यय असंतुलनले सामाजिक विघटनलाई जन्माउँछ । अत: यस प्रकार प्रादुर्भूत संस्कृति विलंवनाद्वारा निर्मित समाजद्वारा उत्पन्न असंतुलन र अव्यवस्थाको निराकरण हेतु आधिभौतिक संस्कृतिमा प्रयत्नपूर्वक सुधार आवश्यक छ । विश्लेषण, परीक्षण एवं मूल्याँकनद्वारा सभ्यता र संस्कृतिको नियमनले मानिसको भौतिक र आध्यात्मिक अभ्युत्थानको अनुपम सहयोग प्रदान गर्दछ ।

संस्कृति यद्यपि कुनै देश वा कालविशेषको उपज हुदैन । यो त एउटा शाश्वत प्रकृया हो । तथापि कुनै क्षेत्र विशेषमा यसको जुन स्वरूप प्रकट हुन्छ त्यसलाई एउटा विशिष्ट नाउँबाट अभिहित गरिन्छ । यो अभिधाकाल, दर्शन, क्षेत्र, समुदाय अथवा सत्तासँग संबद्ध हुन्छ । मध्ययुगीन संस्कृति, भौतिक संस्कृति, पाश्चात्य संस्कृति, मुगल संस्कृति, हिन्दू संस्कृति वा विशिष्ट स्वरूपबोधका साथ यस तथ्यलाई उद्भाषित गर्दछ । संस्कृतिको विशेषण प्रदान गर्नेले कारकद्वारा संस्कृतिको सहज स्वरूप अनिवार्य प्रभावित हुन्छ ।संस्कृति हाम्रो जीवनसँग गाँसिएको छ । यो कुनै वाह्यवस्तु होइन । नत कुनै आभूषण हो जसलाई हामी प्रयोग गर्छौ । यो त केवल रंगहरूको स्पर्श मात्र पनि होइन ।यो त्यो गुण हो जसलाई हामी बनाउँ छौं । संस्कृति बिना हामी हुदैनन । संस्कृति परंपराबाट, विश्वासबाट, जीवनको शैलीबाट, आध्यात्मिक पक्षले, भौतिक पक्षले, निरन्तर गाँसिएको हुन्छ । यसले हामीलाई जीवनको अर्थ, बाँच्ने तरीक़ा सिकाउँछ । हामी नै संस्कृतिको निर्माता हौं र साथै संस्कृतिले हामीलाई मानिस बनाउँछ ।

संस्कृति एउटा मौलिक तत्व हो, धार्मिक विश्वास र त्यस्को प्रतीकात्मक अभिव्यक्ति । हामीले धार्मिक पहिचानको सम्मान गर्नु पर्दछ साथै सामयिक प्रयत्नहरूबाट पनि परिचित हुनु पर्दछ । जसले गर्दा अंत: धार्मिक विश्वासहरूको कुरा हुन सकोस । जसलाई प्रायः अंत: सांस्कृतिक वार्तालाप भनिन्छ ।वाच्ने एउटा तरीका हुन्छ त्यो हो सत्यमार्ग। सहअस्तित्वले विभिन्न संस्कृतिहरू प्रतिको विश्वास भाषा र संस्कृतिलेनै ल्याउँ छ ।

जीवनमा जीवंतता त्यसवेला मात्र आउन सक्छ जब हामी आफ्नो भाषा एवं संस्कृति प्रति जागरूक हुन्छौं । भाषा एवं संस्कृति बिना हामी भौतिक रूपमा जति सुकै प्रगति गरौं, तर परिवेशलाई यसबाट कुनै लाभ मिल्दैन । भाषा एवं संस्कृति जीवित तवमात्र रहन्छ जब त्यो हाम्रो परिवेशमा रहन्छ । अफ़सोस कि हामी आफ्नो जरोलाई नै छाडी दिइरहेका छौं ।

भाषा र संस्कृति हरेक समुदायको पहिचान हो र हामी सबैका पहिचान हौं ।आफ्नै मौलिक भाषा र संस्कृति बिना समुदाय अपूर्ण र अस्तित्व बिहीन हुन्छ । हामी नेपालीहरू बीच जात जाती भाषा भाषी धर्म र संस्कृति विविधता भएता पनि समग्रमा हामी नेपाली हौं । नेपाली भाषा र संस्कृतिको संरक्षण र विकास गर्नु भनेको आफ्नो अस्तित्व वचाउनु हो जुन हरेक नेपालीको कर्तव्य हो ।

भाषा, संस्कृति, कला समुदायका प्रमुख अंग हुन । यी सम्पूर्ण अंगहरूको संरक्षण र विकास समुदायकै संरक्षण र विकास हो । विभिन्न समुदायहरूका धर्म, कला र संस्कृति अनुसारका चाड,पर्व तथा रीतिरिवाज आदि मनाएर धर्म, कला र संस्कृति जगेर्ना गर्न सकिन्छ भने ज्ञान तथा विचार संचार गरेर भाषा र साहित्यको जगेर्ना गर्न सकिन्छ ।

अन्त्यमा
भाषा र साहित्यको संरक्षण तथा विकासका लागि वालवालिकाहरूलाई सानैदेखि उनीहरूले बुझ्ने गरी सरल चाख लाग्यो ढाँचामा पढाउँदा तथा लेखाउँदा उनीहरूको मन जित्न र इच्छा शक्ति बढाउन सकिन्छ । सरल भाषामा लेखिएका छोटा र रोचक कथा लय हालेर पढ़िने छन्दमा रचिएका कविता तथा श्लोकहरू आदि साना वालवालिकाहरूले बढी मन पाउने र बुझ्न सरल हुने हुँदा यस्ता रचनाहरूबाट सुरूदेखि नै उनीहरूमाथि नेपाली भाषा र साहित्य प्रति रूचि जगाउन सकिने कुरा विभिन्न अनुभवहरूबाट देखिएको छन ।

निशा अर्याल
इजरायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *