Skip to content

साँच्चै भगवान भएदेखि


साँच्चै भगवान भएदेखि केही गर्न सक्नुपर्छ
अनिकालमा पर्नेहरूको पेट भर्न सक्नुपर्छ

दिनैभरि काम गरेर एक छाक खानेहरूको
जसोतसो भए पनि दुई छाक टर्न सक्नुपर्छ

सधैँभरि पीडामा नै बाँच्नेहरूको पनि
कहिलेकाहीँ दुःखहरू हर्न सक्नुपर्छ

देवता त स्वर्गमा बस्छन् अरे भन्ने सुन्छु
कहिलेकाहीँ त पृथ्वीमा नि झर्न सक्नुपर्छ

धनी–गरिब, जात–भात भेदभाव धेरै छ
सबैलाई समानताको बिउ छर्न सक्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *