मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरा "पैयूँ" र तिम्रा "साकुरा"
kbs — Fri, 04/10/2009 - 21:27
बसन्तको आगमनसंगै
िसंगो बसन्तकै प्रतीक बनेर
पूरै वातावरणलाई नै बसन्तमय पारेर
हाँगा-हाँगामा
पात-पातमा
ढकमक्क भई
फुलेका छन्
तिम्रा साकुराहरु ।
सायद
मेरा पहाडका
कुना र कन्दरामा पनि
तिम्रा "साकुरा"का सगोत्री
मेरा "पैयूँ"हरु
फुल्ने कोशिष गर्दै होलान् ।
तिम्रा "साकुरा" झैं
ढकमक्क फुल्न नसके पनि
फाटफूट फुलेका होलान् ।
म सुन्छु
र देख्छु पिन
मेरा केही "पैयूँ" हरु
तिम्रोमा आई "साकुरा" बनेका छन्
तिम्रै "साकुरा" झैं
स्वच्छ प्रफुल्ल भई
ढकमक्क फुलेका छन् ।
मलाई गौरव लाग्छ
फुल्ने अवसर पाएमा
मेरा यी "पैयूँ" पनि
तिम्रा "साकुरा" भन्दा
कम त रहेनछन् ।
तर
कताकता डर लाग्छ
मनमा शंका पलाउँछ
कतै
मेरा यी"पैयूँ"हरु
"साकुरा" नै बनेर
यतै बिलाउने त हैनन्
आफ्ना कुनाकन्दरा
र आफ्ना सहोदर "पैयूँ" लाई
चटक्क बिस्रने त हैनन्
आशा गर्छु
मेरो यो शंका
शंका मै सिमीत रहोस् ।
कामना र आग्रह गर्छु
"साकुरा" बनेका
मेरा प्यारा "पैयूँ"हरु
आफ्ना ती कुनाकन्दरा
र आफ्ना सहोदर
ती "पैयूँ"लाई नबिसर्िउन्
र
पूनः त्यहीं गएर
ती सहोदर सबै "पैयूँ" लाई पनि
आफू झैं "साकुरा" बनाउन्
र िसंगो पहाडलाई नै
ढकमक्क फुलाउन् ।
डा. हेमनाथ घिमिरे
बाहुन डाँडा लमजुङ् ।
- 2420 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 8 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- ससाना रोचक निबन्धहरू
- बाबाममी नजानु छाडेर
- तीन वर्ष पनि बिते
- भोटे कुकुर
- बिहानीको लाली किरण उज्यालो छरी तिमी आयौ
- नयाँ वर्ष ! नेपालीलाई
- क्रस फायर: वेब फिक्सन्
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- प्रष्ट बोली : स्पष्ट व्यवहार
- प्रियसीलाई सपनीमा देख्छु म त हिजो आज
- मेरो एउटा साथि छ !!
- मलाई तिम्रो डर लाग्छ ।
- यौवनको प्याला
- मिस्रीको पहाड
- लेक फुल्यो लाली गुराँस
- सबै सबै सबै लग्यौ
- शून्यता चिथोर्न खोज्छ (मुक्तक)
- झरी फेरि दर्किन थाल्यो
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- ठंडीक एक कप गरम चाय
- मेरो प्रेम कहानी
- प्रियालाई चिट्ठी
- खिचातानीको जित नभए हुन्छ
- जिएको थिए तिम्रो निम्ति ...
- आगो पिएर बाँच्ने
- मेरो देश हो नेपाल
- ‘मुक्तक विशेषांक’ हेतु रचनाएँ आमंत्रित
- तिमीले आँखा देख्दिनौ ! त के भयो ?
- डाँडा कटाई देऊ मलाई खोली तारी देऊ
- म जोगी होइन
Post new comment