मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
वसन्तको जयगान गर्दै उदाएको ‘वसन्त–पल्लव’
editor — Thu, 05/28/2015 - 01:54
सिकारु र स्थानीय कवि कवयित्रीहरूलाई राजधानीले हेला गरे पनि मोफसलले कहिले खिसीट्यूरी गरेको थाहा छैन । आफू पनि मोफसलीय साहित्यिक गतिविधिमै लागेर लामो साहित्यिक यात्रा तय गर्ने यात्री र साहित्यको भावक भएकाले स्थानीय स्तरमा पत्रिकाको प्रकाशन हुनु निकै निको लाग्ने गरेको छ ।
‘कविता गोष्ठीमा पढिने सबै कविता हुँदैनन् । ती र तीहरू प्रायः रहर नै हुन्छन् तर तिनीहरूलाई नै असल संयोगक र उत्प्रेरकले हौसला दिइरह्यो भने भविष्यमा ती मध्येबाटै कोहीकोही माहिर कवि र लेखक बन्छन् –स्थानीय रूपमा निकै चर्चा र सम्मान पाएका कवि तथा व्यस्त डा. सुमन कर्माचार्यले आफ्नो अभिमत राखे । जसको ‘देश दुखेको बेला’ नामक कविताको किताब निकट भविष्य मै निस्कनेवाला छ ।
संयोगले ‘वसन्त–पल्लव’ साहित्यिक त्रैमासिक पत्रिकाको पुनप्र्रकाशन र सोही पत्रिकाका प्रकाशक प्रकाश न्यौपाने परिष्कारको जन्म दिन गएको बैशाख ५ (२०७२) गते एकैदिन परेको थियो । समारोहमा उनकी ममतामयी आमा पनि कविता सुन्न निकै उत्सुक भएर गएकिरहिछिन् । सो दिन २०६४ सालमा प्रकाशन आरम्भ भएर विगत केही वर्षदेखि बन्द रहेको ‘वसन्त–पल्लव’ सहित्यिक त्रैमासिक पत्रिकाको पुनः शुभारम्भ भयो । त्यसबेलामा क्षेत्रीय स्तरका प्रतिभाहरूलाई समेटेर प्रकाशन आरम्भ गरिएको सो पत्रिकाले यसै पटकदेखि एउटै अङ्कमा स्थानीय सिकारु र राष्ट्रिय स्तरका लेखक र साहित्यकारहरूलाई स्थान दिएको छ । सो पत्रिकाको एक कार्यक्रमका बीच गएको शनिबार बैशाख ५ गते मन्थलीमा विमोचन सम्पन्न भयो ।
रामेछाप जिल्लाका पुराना अंग्रेजी भाषाका शिक्षक तथा सेवा निवृत्त वरिष्ठ प्रधानाध्यापक रामबहादुर महतले एक कार्यक्रमका बीच ‘वसन्त–पल्लव’ पत्रिकाको विमोचन गर्नुभएको थियो । सोही कार्यक्रममा ‘बद्लिँदो नेपाल’ शीर्षकमा प्रतियोगितात्मक कविता प्रतियोगिता र रामेछापमा साहित्य लेखनमा योगदान दिइरहेका पुराना तथा नयाँ पुस्ताका कवि तथा लेखकहरूलाई सम्मान गरिएको थियो । प्रतियोगितात्मक कविता प्रतियोगिताका लागि स्थानीय स्टेसनरी पसल र छापाखानाहरूले पुस्तक तथा स्टेसनरीका गतिला सामानहरू पुरस्कारहरूका रूपमा प्रयोजन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै रामबहादुर महतले पत्रपत्रिकाको प्रकाशन आफैँमा एक ऐतिहासिक कार्य भएकाले आफूलाई यो कार्यले खुसी तुल्याएको बताउनु भयो । त्यसैगरी सो पत्रिकाका भाषा सम्पादक तथा कवि पेशल आचार्यले रामेछाप जिल्लाको साहित्यिक गतिविधिमाथि एक विहङ्गावलोकन प्रस्तुति दिँदै आफूले रामेछापमा पत्रपत्रिका प्रकाशन र साहित्यिक गतिविधिमा विगत २ दसकदेखि लागिरहँदा थुप्रै लेखक तथा कविहरू लेखनमा आएकाले खुसी व्यक्त गर्नुभयो ।
पत्रिकाका प्रकाशक तथा युवा कथाकार प्रकाश परिष्कारले आफूले फेरि पत्रिकालाई जीवन दिन पाएकोमा खुसी व्यक्त गर्नुभयो भने प्रधान सम्पादक तथा रामेछापबाट क्रियाशील आख्यानकार माधव सयपत्रीले पत्रपत्रिका निस्कनु खुसीको कुरो भए पनि त्यसलाई निरन्तरता दिन सक्नु नै ठूलो कुरो भएकाले आफूलाई त्यसको मात्र चिन्ता रहेको कुरा बताउनु भयो ।
सो कार्यक्रममा भएको खुला कविता प्रतियोगितामा सरिता श्रेष्ठ प्रथम, मोहन भण्डारी द्वितीय, प्रविना निर्दोषी तृतीय र जीवन ढुङ्गेल सान्त्वना स्थान हाँसिल गर्न सफल भएका थिए भने सोही समारोहमा कविहरू पेशल आचार्य, लालबहादुर तामाङ, नवीन गाउँले, प्रिन्स प्रकाश, प्रभु विवश, उद्धव अविचल, प्रकाश परिष्कार, कुमार श्रेष्ठ यात्री, जीउँदो मुर्दा, रामचन्द्र वियोगी, डा. सुमन कर्माचार्य, विक्रम नेपाली पवन र प्रज्ज्वल पौडेललगायतका कविहरूले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो । सोही कार्यक्रममा कवि भरतराज मन्थलीयका सुपुत्र तथा विश्लेषक झङ्कारराज शर्मा घिमिरेले आफूले साहित्य पढेको र नेपाली साहित्यका बारेमा विगत र वर्तमानको एक विचारोत्तेजक समीक्षात्मक धारणा राख्नुभएको थियो । समारोहमै युवा उद्यमी तथा सामाजिक अभियन्ता मिलन घिसिङले आफू नेपाली साहित्यको विशुद्ध पाठक भएकाले नेपाली साहित्यको चौतर्फी अभिवृद्धिका लागि आफूले यस्ता कार्यक्रमहरूलाई सदा विविध प्रकृतिका सहयोग गर्ने वचन समेत दिनुभयो । पुरस्कार प्रायोजकका तर्फबाट जेएन दाहाल, महेश्वर कर्माचार्य र कृष्णप्रसाद ढुङ्गेलले आफूहरूले भविष्यमा यस्ता चेतानामूलक कार्यका लागि सक्दो सहयोग गर्ने कुरा प्रतिबद्धताका रूपमा राख्नुभएको थियो ।
रामेछापको सदरमुकाम मन्थलीमा बेलाबेलामा काव्य संगमहरू हुने कुराहरू नयाँ होइन । साहित्यकार जगदीश घिमिरे जब रामेछापमा सशक्त रूपले क्रियाशील रहनुभएको थिायो त्यो समयमा वहाँको सक्रियतामा प्रतयेक हिउँदमा राजधानी काठमाडौँबाट नाम चलेका विभिन्न हाँच र व्यक्तित्वका साहित्यकार र कविहरू लगेर हप्तौंसम्म साहित्यिक माहौल बनाउनु हुन्थ्यो । वहाँको असामयिक निधनले रामेछपमा प्रत्येक वर्ष हुने त्यस्ता साहित्यिक कार्यक्रमहरू अहिले ठप्प प्रायः भएका छन् ।
यस्तैगरी जगदीश दाजुले विगतको साहित्यिक माहोलमा मन्थलीमा भाषासेवी कमलमणि दीक्षितदेखि लिएर वरिष्ठ साहित्यकार मदनमणि दीक्षित, कवि मोहन हिमांशु थापा, आधुनिक समालोचक कृष्णचन्द्रसिँह प्रधान, प्रसिद्ध आधुनिक चित्रकार किरण मानन्धर, समाजसेवी जीवा लामिछाने लगायत सयौं साहित्यकार, संगीतकार, गीतकार, गजलकार, सम्पादक, विकासे अभियन्ता र प्रसिद्ध पत्रकारहरूलाई समेत मन्थलीको महक चखाई सक्नुभएको छ । त्यसैले साहित्य गोष्ठीको आयोजनाको खबर राजधानीका कलमजीवीहरूले थाहा पाए भने मन्थलीका वाङ्मयका गोष्ठी आयोजकहरूलाई फोन गर्न थाली हाल्छन् ।
केही वर्ष पहिले स्रष्टा सङ्गमका नाममा रामेछापमा निकै साहित्य गोष्ठीहरू भए । अनि भए –केही स्थानीय र नामचलेका कविहरूको ‘एकल कविता वाचन’ पनि । त्यो कार्यमा अहिले केही सुस्तता छाएको पक्कै हो । तर पनि यही समयमै ‘वसन्त–पल्लव’ पत्रिकाको फेरि प्रकाशन आरम्भ भएकाले स्थानीय कविहरूले प्रकाशनमा केही राहत पाउने भएका छन् । हुन पनि जहाँ आफ्नो उहीँ आगो ताप्नुहुन्छ नै ।
एकप्रकारले मन्थलीमा अब स्तरीय साहित्य लेख्नेहरूका लागि साहित्य प्रकाशनको खडेरी सकिने भएको छ ।
रामेछाप जिल्लाबाट विभिन्न स्थान र राजधानीमा गएर बसोबास गर्ने स्थापित भएका सम्पादकद्वयहरूमा अभिव्यक्ति पत्रिकाका सम्पादक नगेन्द्रराज शर्मा र रचनाका सम्पादकका सम्पादक रोचक घिमिरेजस्ता वरिष्ठ साहित्यिक हस्ती हुनुहुन्छ भने साहित्यकारहरूमा लेखक तथा अनुसन्धाता एव म प्रगतिवादी साहित्यकार अशोक सुवेदी, शारदा मासिकका सम्पादक तथा लेखक विमल भौकाजी, वरिष्ठ सञ्चारकर्मी तथा उपन्यासकार कपिल काफ्ले, कवि तथा गीतकार उत्तम भौकाजी, पत्रकार शिवप्रसाद भट्टराई, युवा लेखक तथा पत्रकार दिपेश घिमिरेजस्ता व्यक्तित्वहरू राष्ट्रिय स्तरमा स्थापित भैसक्नुभएको छ ।
सो समारोहमा उपरोक्त प्रतिभाहरूले पनि सामयिक रूपमा जिल्लामा आएर रचनात्मक र सिर्जनात्मक कार्य गर्नु पर्ने कुरामा सभामा बोल्ने प्रायः सबै वक्ताहरूले जोड दिएका थिए ।
पेशल आचार्य
- 316 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 31 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 49 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
2 days 19 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 3 hours ago - भुगोल ले नछेकेको माया
6 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 59 min ago - सधा झै उत्कृष्ट रचना
1 week 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- सहयात्री
- कविता चुरोट र चुरोटको जीवन
- प्यार नगर
- विद्यार्थीको विलौना
- समय
- कथाको कथा
- डर नमानेर पो के गर्नु र ?
- बाँसुरीको धुन
- साधारण अध्यापकबाट महान् लेखक भएका प्रेमचन्द
- आमाको ममता ! ( झ्याउरे कविता )
- डोली चढी रमाउँदै
- एउटा अनौठो कथा
- काँडाको आँखामा राम्रै संसार
- म माया गर्छु भनी रित्याएर
- परमात्मामा लीन बनौं
- समय खोला
- दुई मुक्तक (तीज, यो देशमा)
- घामको स्पर्ष
- सन्त कवि ज्ञानदिल दास
- नाङ्गाहरूको देश
- म त लाली गुराँस भएछु
- दोष मेरै थियो (गजल)
- गल्ती (लघुकथा)
- "म बन्न चाहन्न" (निराशावादी कविता)
- अब फर्कु कसरी
- तिलिचोका दुई हिरो
- घुँडा टेकी साथ माग्नुभन्दा
- नातावाद कृपावाद
- मनको धरोहरा
- तीन मुक्तक (हतारैमा लाको माया, तिमीले आँखा झिम्काउँदा, समुद्रमा ऊर्ली आउने)
Post new comment