सपनाको सुन्दर महल डढेपछि रोएँ
छुरा जस्तै उन्को वचन गढेपछि रोएँ
चादँनी झै सितल थियो,कोमल यो हृदय
निष्ठुरीको अन्तिम पत्र पढेपछि रोएँ
दु:खीलाई दु:ख मात्र कस्तो यो बिडम्बना
मुटुभित्र झन झन् ब्याथा बडेपछि रोएँ
हाँसी खुशी जिउने रहर कस्लाई हुदैन र
भित्रैदेखि अंग-अंग सडेपछि रोएँ
बिर्सिएर जिन्दगीलाई जिउन खोजेकोथे
शरीर आज मुढा सरी लडेपछि रोएँ
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई
https://m.facebook.com/-1472748899629537/?ref