• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

बयान बिस्केट जात्राको

kbs — Fri, 04/10/2009 - 21:42

  • सांस्कृतिक समीक्षा
  • मकर श्रेष्ठ
  • कान्तिपुर

भक्तपुर सहरलाई मुलुकको एकमात्र जीवित खुला संग्रहालयको रूपमा लिने गरिन्छ । विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक, प्राचीन वास्तुकला, मूर्तिकला, हस्तकलाका अनुपम नमुना त यहाँ छँदैछन्, यो सहरमा सांस्कृतिक सम्पन्नताको पनि प्रचुरता छ । जात्रैजात्राले नेवारी संस्कृति सिंगारिएको छ । भक्तपुरमा प्रसिद्ध जात्रामध्ये बिस्केट जात्रा पनि एक हो । यो जात्रा आदिम संस्कृतिअन्तर्गत पर्छ । करिब एक लाख जनसंख्या रहेको भक्तपुर नगरमा ९५ प्रतिशत नेवार जाति रहेका छन् । नेवार समुदायले मनाउने सबैभन्दा ठूलो जात्रा बिस्केट हो ।

बिस्केट जात्रा हरेक नयाँ वर्षको चार दिनअघि सुरु हुन्छ । जात्राप्रतिको मोह मनोरञ्जनमात्र होइन धार्मिक आस्था पनि हो । प्रकृतिलाई खुसी तुल्याउनु, सुखद जीवनको कामना गर्नु भक्तजनहरूको धारणा हो । बिस्केट जात्राका निम्ति तौमढीमा तान्त्रिक विधिविधानअनुसार प्यागोडा शैलीमा दुई रथ तयार गरिन्छन् । रथको बीचमा 'बेतासी' राखिएको हुन्छ । रथलाई कलात्मक तोरण, टुँडाल, सा टीका झाया, छानामा सुनौलो गजुर राखी श्रृंगारपटार गरिन्छ । रथ तान्न तान्त्रिक विधिमा निर्मित डोरीलाई दस नारी, दस पिंगल भन्ने गरिन्छ । हजारांै दर्शकमाझ रथ तानिन्छ । रथ तान्नु नेवार समुदायमा सामान्य हो तर बिस्केटको आफ्नै महत्त्व छ ।

तल्लो टोल र माथिल्लो टोलमा विभाजित पुजारी, श्रद्धालु, स्थानीय युवा, वृद्धवृद्धा सबैले आफूतिर रथ तानेर लैजान होस्टेहंैसे गर्छन् । यो क्रम एक दिन होइन नौ दिनसम्म चल्छ । टाढा-टाढा पुगेका छोरीचेली र अन्य सदस्यहरू भोज खान र जात्रा मनाउन भक्तपुर र्फकन्छन् ।

स्थानीय बासिन्दाले मौलिक पहिरनमा भैरव, भद्रकालीलगायत नगरमा रहेका सम्पूर्ण मठमन्दिर शक्तिपीठहरूको दर्शन तथा पूजा अर्चना गर्छन् । यसैगरी दाफा, भजनगुठी, मण्डलीहरू परम्परागत बाजागाजासहित अहोरात्र नगरपरिक्रमा गर्छन् । सयभन्दा बढी देवदेवी नाचहरू हरेक चोक, गल्ली र डबलीहरूमा प्रदर्शन गरिन्छ । कतिपय नाचहरू दिनमा प्रदर्शन गर्न नमिल्ने तथा जोसुकैले हेर्न नहुने धारणामा मध्यरातमा सीमित व्यक्तिलाई मात्र देखाइने परम्परा रहेको छ ।

बिस्केट जात्राको पहिलो दिन भैरव र भद्रकालीको रथ तौमढीबाट माथिल्लो टोलकाले आफूतर्फ तान्न सके क्वाछे, साकोथा, दुरुत्व द्यो, सुकुलढोका, गोलमढी, इनाचो, दत्तात्रयसम्म पुर्‍याई फेरि तौम्ाढी फर्काइन्छन् । त्यही रथलाई तल्ला टोलकाले तान्न सफल भएमा बालुचा, नासंना, बंशगोपाल, तेखापुखुसम्म पुर्‍याई तौमढी नै फर्काउने परम्परा रहेको छ । दुवै तर्फकाले फर्काएका रथको जोडी तौमढीसँगै दक्षिणतर्फ गःहिटीटोलमा अड्याई पहिलो दिनको जात्रा स्थगित गरिन्छ ।

दोस्रो दिन भद्रकाली रथलाई गःहिटीस्थित खालोटोल अजिमा द्याछेमा पुर्‍याइन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेबासीलाई बाँडिन्छ जसलाई स्याः को त्याः को भन्निछ ।

यो जात्रा आजभन्दा पन्ध्र सय वर्षअघि सुरु भएको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ । सातांै शताब्दीका शासक अंशु बर्माको समयताका विश्वजात्राको रूपमा यो लोकपि्रय रहेको प्रमाण पाइएको छ ।

किंवदन्तीअनुसार भक्तपुर राज्यकी राजकुमारीसँग विवाह गर्नेलाई राजगद्दी सुम्पन्ने प्रस्ताव राखिएको थियो । विवाह गर्ने धेरै पुरुषले पहिलो रातमै ज्यान गुमाउनुपरेको थियो । यसै क्रममा एक शिकारीसँग उनको विवाह भयो । भोलिपल्ट मलामी गुठीका सदस्य लास उठाउन जाँदा राजकुमारी जीवित पति पाएर खुसी भइरहेको पाइयो । राजकुमारीको नाकभित्र बसेका एकजोडी नागनागिनीलाई मारेर शिकारी जीवित बचेका थिए । त्यसपछि सम्पूर्ण देशवासी खुसी भई ती जोडी नागलाई सहरभरि देखाउँदै हिँडेको दिनको सम्झना स्वरूप बिस्केटजात्रा मनाइने प्रचलन सुरु भयो ।

संस्कृतिविद् लीलाभक्त मुनाकर्मीको कृतिअनुसार लिच्छविकालमा सर्प अथवा नागलाई बिः भनिन्थ्यो । सर्पले टोक्दा 'कयात' ले मार्‍यो भन्ने अर्थ लगाइन्छ । 'बि कयात' अपभ्रंश भई 'बिस्केट' भनिएको हो । जात्राका निम्ति करिब ११ लाख रुपैयाँ गुठी संस्थानले खर्च गर्छ भने स्थानीय गुठीहरूले परम्पराअनुसार भोजभतेर गरी परम्परा कायम गर्दै आएका छन् । यस जात्राप्रति युवापुस्ताको चासो रहनु सकारात्मक मानिन्छ । तर रथ तानातान गर्ने क्रममा माथिल्लो र तल्लो -थने र क्वने) टोलबीच विगत केही वर्षयता ढंुगा हानाहान हुनु दुःखद पक्ष हो । जात्रा शान्तिपूर्ण तरिकाले मनाउन भक्तपुरवासी लागिपर्नुपर्छ । ढुंगामुढा हुने अवस्था आउन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पार्नुपर्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 135
  • 2235 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Many many congratulations Mam
    1 day 20 hours ago
  • अनावश्यक
    6 days 11 hours ago
  • महाशय दर्जाको कुरा गर्दा
    1 week 3 days ago
  • डोटेली मुक्तक!!! तैँ जैसित "
    4 weeks 5 days ago
  • पर्तिकिर्यो तो देखि ना अभितक
    5 weeks 1 day ago
  • केही सच्याइएको छ।
    5 weeks 2 days ago
  • हम करै तो । केहु नकरै ।
    5 weeks 5 days ago
  • क्रन्धन
    6 weeks 3 days ago
  • ए मित्र क्रन्धन भन्ने शब्द नै
    6 weeks 3 days ago
  • Hom sir ! THANKS FOR your suggestion and affection
    7 weeks 17 hours ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • दिदीकाे पुकार
  • चर्चित नेपाली यौनकथा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • पछिल्ला रचनाहरू
  • आँसु हाँसो मिलन बिछोड
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • तिमीलाई जन्मदिनको शुभकामना
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिहार तिमी.......!
  • तिहारको शुभकामना चेलीलाई
  • विद्यार्थी हुँ म
  • सबैको साथ
  • ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)

Last viewed:

  • नीलकाँडो
  • सौन्दर्य-उपासना
  • पुरस्कारै – पुरस्कार
  • अभागी देश
  • पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा
  • माया
  • चुन्नी-मुन्नी (अनूदित लघुकथा)
  • पहिलो भेटमै अछुत यी हात नमाग
  • दशैंशुभकामना
  • एक्लोपन
  • जिन्दगीको गोरेटोमा सधैं सुन्य हात लाग्यो
  • मेरो जन्मभूमिमा
  • हामी
  • म फटाहा छु
  • लिपी बुझ्न नसकिने किताब हो जिन्दगी
  • एसियाली लेखक महासम्मेलन दिल्लीमा पूर्व-तयारी सन्दर्भ भने नेपालमा
  • "नयाँ नेपाल र परिवर्तनको लागि युवा शक्ति...!!! "
  • होलेरीबाट 'जनयुद्ध' लाई नियाल्दा
  • भवानी भिक्षुः शतवाषिर्की विशेष 'नेपालको छोरा, म कसरी अनेपाली'
  • नयाँ वेद
  • घुमाउने चौतारा
  • माथि माथि सैलुङ्गेमा
  • जेलरको डायरीबाट
  • विकल्प छैन
  • अन्तिम कविता
  • कुरा काट्ने हरु
  • उखाने दाइ (बाल–एकाङ्की)
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • देवकोटाको निबन्धकारिता
  • क्रान्तिकारी
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित