Skip to content

बहिनी

  • by


सयपत्री मखमली फुल्यो यहाँ
लह लह धान पाक्यो खेतमा
दसैंं पूर्णिमा गयो भैली औंशी आयो
सँगै देउसी भैली आँगनैमा

छैन चेली घरमा
उन्थी माला नाङ्लोमा
आज छ शुन्यता हाम्रो आँगनमा
लिप्थ्यो घर चिसो एकाबिहानीमा

कठै ! तिम्रा ती साना हातहरू
सिंगार्दै होलाऊ भित्ताहरू
खुशीमा छौ वा दु:खमा
हाम्रो आशीष छ सदा तिम्रो साथमा

जानु त थियो अवश्य एकदिन
सबै बहिनी यसै गर्छीन
उज्यालोले छाइरहोस तिम्रो आँगनलाई
हे ईश्वर ! सदा खुशी राख तिनलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *