Skip to content

सम्झिबसेँ तिमीलाई आफ्नो भनेर


सम्झिबसेँ तिमीलाई आफ्नो भनेर
पर्खिबसेँ तिमी आउँछौ भनेर
अब भन्ने छैन तिमीलाई आफ्नो भनेर

तिम्रो यादमा तड्पी बसेँ
लामो व्यथा जीवनभरि बोकेँ
मेरो एउटा भूल सम्झेँ
व्यर्थै तिमीलाई किन किन रोजेँ

तिम्रै निम्ति सबलाई त्यागेँ
धेरै के भनुँ घरै पनि बिर्सें
निष्ठुरी नै बन्यौ तिमी
व्यर्थै तिमीलाई किन किन पर्खेँ

स्वर – दीप श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *