Skip to content

मनमनै मन पराइसकेछु


मनमनै मन पराइसकेछु
थाहै छैन मनैमा लुकाइसकेछु
अचम्म यो ढोकामा कोही आइसकेछ
लुकीलुकी नानीहरूले चिहाइसकेछ

आँखाको त्यो नजरले कसैले बोलाइदिएछ
ओठका लालीहरूले केही भन्न खोजेछ
छोटेपनाको योवनले तिमीलाई नै मन पराएछ
लाखौ रूपहरूमा तिम्रै रूप नै रोजेछ

म सपनीमा पनि हो बर्बराउने
तिम्रै यो सम्झनामा
म होसमा पनि बेहोशी हुने
तिम्रै त्यो ममतामा
कहानीहरूमा नयाँ पन दिन्छु
जून हौ भनी म तिमीलाई भन्छु
अन्जान मायालु बन्न चाहन्न
नाम झै कल्पनामा डुब्न चाहन्न

आँखाको त्यो नजरले कसैले बोलाइदिएछ
ओठका लालीहरूले केही भन्न खोजेछ
छोटेपनाको योवनले तिमीलाई नै मन पराएछ
लाखौ रूपहरूमा तिम्रै रूप नै रोजेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *