Skip to content


सुरक्षाकर्मीले पनि गन देखाउने
क्रान्त्रिकारीले पनि गनै देखाउने
कार्यकर्ताले पनि गनै देखाउने
गुण्डागर्दिले पनि गनै देखाउने
जस्ले पनि गन देखाउने तन्त्र
हैन यो कस्तो गणतन्त्र !
जय गणतन्त्र ।

ब्याज उठाउनेले पनि गन देखाउने
प्याज उठाउनेले पनि गन देखाउने
जुवामा लगानी गरी
असुली गर्नेले पनि गन देखाउने
पार्टीको रसिद काटी
असुली गर्नेले पनि गनै देखाउने
हैन गनैबाट चल्ने हो कि यो गणतन्त्र
जय गणतन्त्र ।

चिट चोर्न पाइएन गनै देखाउने
घर फोर्न पाइएन गनै देखाउने
डिस्कोको बाउन्सरले पनि गनै देखाउने
कलेजको डि आइले पनि गनै देखाउने
हैन गन चलाउने तन्त्र हो कि गणतन्त्र
जय गणतन्त्र ।

जनावरको तस्करले पनि गनै देखाउने
चन्दनके तस्करले पनि गनै देखाउने
ठेक्कापट्टा हात पार्न गनै चाहिने
आफ्नो बात माथि पार्न गनै चाहिने
गन मात्र पाइने हो कि गणतन्त्र
जय गणतन्त्र ।

अब हुँदा हुँदा
मन परेकी केटीले मानिन गनै देखाउने
श्रीमती भात पकाउने जानिन गनै देखाउने
सेक्रेटरी बोस फकाउन जानिन गनै देखाउने
पुलिसले कैदी भगाउन मानिन गनै देखाउने
यो गर्दा पनि गन देखाउने, त्यो गर्दा पनि गन देखाउने,भन यो कुन तन्त्र
जय गणतन्त्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *