Skip to content

पाँच मुक्तकहरू (गाउँ र शहर हराएको मान्छे)


१,
गाउँ र शहर हराएको मान्छे
खुशी र रहर हराएको मान्छे
म जस्तै होलान प्रवासमा कति
सुनौलो प्रहर हराएको मान्छे ।

२,
आकासमा जबसम्म घाम जुन रहनेछन्
अम्बरका अमर गीत संगीत धुन रहनेछन्
युगौंयुग बाँच्नेछन् ती कालजयि सिर्जना
तिमी गयौ संगीतमा तिम्रा गुण रहनेछन् ।

(स्वर्गीय अम्बर गुरुङ प्रति भावपूर्ण श्रद्धाञ्जली)

३,
दुःख मेरो हराउँछ परिवार सम्झिएर
शाहस नि बढाउँछ परिवार सम्झिएर
यो खाडीमा बस्ने मन छँदै छैन फेरि पनि
बस्नै पर्ने बनाउँछ परिवार सम्झिएर ।

४,
यो दुःखको दिन कहिले परिवर्तन हुन्छ?
सहजसँग जीवन कसरी संचालन हुन्छ?
किन यस्तो बाध्यतामा जेलिएको छु सधैं
मेरा यी प्रश्नहरूको कहाँ संबोधन हुन्छ?

५,
समस्याले मन मेरो गम्भिर भएकोछ
टेक्या ठाउँ यसैबेला अस्थिर भएको छ
भाग्ने कतै ठाउँ छैन, दुनियाँबाट टाढा
जिन्दगी नै बाध्यताको जंजिर भएको छ ।

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल: अलऐन, संयुक्त अरब इमिरेट्स
©घायल २०१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *