Skip to content

अर्को पागल (सूत्र-कथा)


-पागलको संज्ञा दिदैं मुकुन्दलाई गाउँमा बस्न नालायक ठहर गरियो।

-उसलाई उपचारको लागि पाटनस्थित मानसिक अस्पतालमा पुर्‍याईयो।

-त्यहाँ मानसिक रोगको उपचार गर्ने एक से एक चिकित्सक थिए।

-उसको पृष्ठभूमि थाहा पाएपछि सेवाभाव प्रवल भएका एक असल नामूद डाक्टरले उसको उपचारको जिम्मा लिए।

-ऊ डाक्टरलाई अनेक प्रश्नहरू सोधेर हैरान पार्थ्यो।

-डाक्टर र ऊ बीच निरन्तर भेटघाट र घण्टौं संवाद भइरहन्थ्यो।
-ऊ डाक्टरलाई आफ्नो विचार र तर्कमा सहमत गराउन सफल भइरहेको थियो।

-बिस्तारै उनीहरू मिल्ने साथी जस्तै भइरहेका थिए।

-निरन्तर संवाद र छलफलले डाक्टर र उसको भावना र विचार ठ्याक्कै मिल्न थाल्यो।

-एकदिन ती डाक्टरलाई पनि पागल घोषणा गरियो।

कुमार काफ्ले
ओखलढुंगा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *