Skip to content

मैले भन्न जानिन कि

IshworiKhadka


मैले भन्न जानिन कि, शब्द छान्न जानिन कि,
भावनाको छताछुल्ल बाढी मैले थामिन कि ?

उत्साह र उमङ्गको समुद्रमा तैराउन,
तिमी चढ्ने सुन्दर एक नाउ मैले हालिन कि ?

एकान्तमा बसी रुँदा शब्द, अर्थ, भाव बुझी
हृदयको वेदनाको काँडा मैले छामिन कि ?

परै बस, भो नपस मन खालि छैन भन्दा,
मुटुभित्र ढुङ्गा राखी आफ्नै मन मारिन कि ?

अपेक्षालाई उपेक्षाको वाण हान्न पोख्त रैछौ,
मुटु देखाई हान भनी थाप्दा मैले हारिन कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *