Skip to content

तीन मुक्तक (आफ्नै जिन्दगीसँग)


एक)
आफ्नै जिन्दगीसँग बोल्न हिच्किचाउँछु
खै किन सबै कुरा खोल्न हिच्किचाउँछु
अनुहार एक तर रुप अनेक मान्छेका
सकिएन रुपहरू खोतल्न हिच्किचाउँछु ।

दुई)
म कतै गए भने तिम्रो जीवनबाट
एक्लो भए भने तिम्रो जीवनबाट
अहिले मर्छु भन्छौ खै पछि के गर्छौ
कालले लए भने तिम्रो जीवनबाट ।

तीन)
जीवन मेरो कहीलै खास भएन
केही पाँउछु भन्ने आस भएन
संघर्षले कहिल्यै पाईला छोडेन
तर पनि सुखको आभास भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *