Skip to content


बैशाख महिनाको अन्ततिर एकदमै ठुलो झरी परेको थियो टन्टलापुर घाम लागिरहने समयमा एक्कासि ठुलो पानी पर्दा खडेरीले नाङ्गिएको जमिनको सतहबाट भेल आई खाल्डा बनाउदै र भर्खरै उम्रन तयार भएको किसानको श्रम पसिना खर्च गरी लगाइएको बाली बगाउदै सोहोर्दै लगेर सखाप पारीदियो अन्तत त्यही जमिनमा श्रम गर्न किसान बाध्य थिए ठिक समयमा लगाइएको बालीले प्रतिफल दिन समयले नदिएपछि फेरि लगाइएको बाली कस्तो हुदो हो त्यही समयमा गौरव पनि एकदम परिश्रम गरिरहेको थियो तर उस्को परिक्षाको लागि सामान्य परिवारको गौरव त्यति आकर्षक व्यक्तित्वको वा चेहराको थिएन तर उनमा शिल स्वभाव र सहयोगीपन केही वा पुग्दो मात्रामा थियो नै ऊ घरबाट केही टाढाको कलेज जाने गर्थ्यो तर साथीहरूसँग त्यति राम्रो घुलमेल भएन साथीहरू उसको कुरामा क म चासो दिन्थे सायद त्यसैले होला ऊ आवश्यकताभन्दा अलि क म आफ्नो कुरा राख्ने गर्थ्यो र पछिल्लो समय ऊ निराश देखिन्थ्यो जसोतसो S.L.C. पास गरी 11मा भर्ना भएर परिक्षा दिन लागेको थियो चर्को घाम र गर्मीमा कतै नाङ्गो पाखा कतै रातो गुराँस कहिले धुलोले ढाक्ने झ्यालबाट देखिने दृश्य थियो गौरव धेरै डराइरहेको थियो अंग्रेजीको परीक्षा भोलि केही आउदैन ऊ झन मिहेनत गरेर पढ्दै थियो भोलिपल्ट बिहान परिक्षा भवनमा आफ्नो सिट फेला पारी साथीहरूलाई हेर्यो प्रश्नपत्र बाडियो आएको उत्तर लेखेर अन्तमा छोडेको प्रश्नहरूमा अलमलियोसँगै बसेको साथी पनि अन्योलमा देखेर मौका पाएको समयमा उत्तर सोध्यो आफूले लेखेको पनि साथीलाई सिकायो समय सकियो कापि बुझाएर बाहिरियो साथीहरूलाई परिक्षा कस्तो भयो भन्दै आफ्नो कोठातिर हिड्यो यतिकैमा परिक्षामा भेटेको साथी आएर सोधिन् :-“कस्तो भयो Exam?” उस्ले भन्यो:-“खै कस्तो भन्ने बिग्रियो जस्तो छ J.P.T. लेखियो तपाईको कस्तो भयो नि?” उनले भनिन्:- “तिमीले त कति धेरै लेख्यौ पास भयौ होला मेरो त बिग्रीयो,”उस्ले भन्यो:- “काँ बिग्रीनु कति धेरै लेख्नुभो” उनले सोधिन्:-“कहा बस्छौ?” “पश्चिम Side”
नयाँ मानिससँगको गफ त्यो पनि केटी अलि असहज गरी गफ गर्यो सायद पहिलो पल्ट कुनै अपरिचित केटीले उसको केही चासो देखाएर होला जे भएपनि त्यति चासो गरेन परिक्षामै ध्यान केन्द्रित हुन्थ्यो यस्तै अरू दुई दिन पनि उनीहरू एकै सिटमा परे बोलचाल भैसकेकाले जानेको उत्तर मैकामा Share गर्थे रसँगै नपरेको दिन गौरव आफ्नो साथीलाई हेर्ने गर्थ्यो छेउमै हुदा मुहार हेर्न आट भएन अर्को सिटमा बसेको दिन साथीलाई नियालेर मनमनै भन्थ्यो “धेरै सुन्दर र प्रेरणादायी” अरू दिन गफ भएन परिक्षा सकियो कक्षा १२को पढाइ सुरु भयो ऊ घरमा काम गर्दै कलेज जाने गर्थ्यो बेलाबेला परिक्षामा भेटेको साथीको याद आउने गर्थ्यो यतिकैमा उस्को विद्यालयबाट राष्ट्रस्तरको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो गौरवको टोली गाडीको यात्राबाट कार्यक्रमस्थलमा पुग्दा विभिन्न क्षेत्र संस्था र विद्यालयका मानिसहरूको उपस्थिति देखिन्थ्यो त्यही भीडमा परिक्षाको साथीलाई देख्यो। उसमा अचानक हौसला भरिएर आयो भीडमाझ उनीहरूबीच केही गफ भएन तर मनमनै धेरै इच्छा व्यक्त गर्यो विशेषत उसलाई त्यस साथीको मुहार देख्नेबितीकै उसमा गहिरो तरङ्ग पैदा भयो उसको धडकन बढेर आयो अनुहार रातो भयो सारा दिमाग खाली भएर आयो आफैलाई भूलेझै लाग्यो वास्तवमा त्यही साथीको प्रभाव उसमा यति पर्योकी उसमा जन्मदेखि नआएको हौसला उत्साह र प्रेरणा आएजस्तो लाग्यो एकाएक त्यही साथीको निम्ति केही गर्ने सोच पलाएर आयो साझ पर्न लागेको थियो कार्यक्रम सकिएको थिएन तर टोलीको प्रमुख बाहेकका सहभागीहरूलाई फर्कनका निम्ति गाडीको व्यवस्था गरिएको थियो ऊ त्यही गाडीमा साथीहरूसँग बसेको थियोभने कार्यक्रम प्रमुख साथीहरू छोड्न आएका थिए गाडी गुड्न लागेको थियो उसले बाहिर हेर्यो अचानक उही साथीसँग उसको नजर जुध्न गयो ऊ एकाएक केही सोच्न नसकेझै भयो धडकन बढिरहेको थियो मनले केही खोजिरहेको थियो गाडी गुड्न थाल्यो ऊ झस्कियो उसको साथी कार्यक्रम प्रमुख रहेको थाहा पायो उसले साथीलाई हेर्न खोज्यो अँध्यारोमा बाटो छेउका बतिको झलमलमा उसका साथी सहित कार्यक्रम प्रमुखहरू टाढा हुदै नदेखिने हुन्जेल हेरिरह्यो बाटोभरी त्यही पल संम्झदै मनमनै प्रश्न गर्यो “के उसमा मेरो केही प्रभाव छ?” यस्तै सम्झदै साथीहरूसँग रमाइलो गर्दै घर पुग्यो त्यही दिन देखी उसमा नयाँ उर्जा थियो सधैं हसिलो देखिन्थ्यो काम गर्दा पनि थाक्दैनथ्यो आफ्नो घर सफा गरी सजाइरहन्थ्यो मिठो बोली बोल्दथ्यो बेलुकी ध्यान दिएर पुस्तक पढ्दथ्यो र निदाउने बेलामा मनमनै सम्झन्थ्यो “कस्तो शालिन मुहार र व्यक्तित्व” उसको दैनिकी फेरिएको थियो कुनै काल्पनिक फिल्मको कथाझै उसको व्यवहार परिवर्तन भएको थियो सायद उसमा कुनै बलियो लक्ष्य प्राप्त गर्ने योजना र परिश्रम थियो यसैक्रममा एक दिन अलि न्यास्रो महसुस गर्यो मोबाइलमा गेम खलेर मनको हुट्हुटी रोक्न असफल भयो त्यसैले फिल्म हेर्न थाल्यो उसैलाई थाहा भएन कुनबेला उसले आफूलाई फिल्मको हिरोको रूपमा कल्पना गर्न पुगेछ र साथीलाई हिरोइनको रुपमा त्यो फिल्म केवल कसैको कल्पनाको प्रतिविम्ब मात्र हो भन्ने कुरा ख्यालै गरेन सबै कुरा वास्तविकझै लाग्यो त्रिकोणीय प्रेमकथामा आधारित फिल्म थियो जसमा आफ्नो प्रेम सफल पार्न गरिने त्यागलाई वियोगान्त कथामा प्रस्तुत गरिएको थियो फिल्म हेर्दाहेर्दै धेरै भावुक भयो अचानक उसको आँखामा आशु भरिएर थोपा थोपा फोनको स्क्रिनमा झर्दा मात्र झस्कियो उसको मनमा त्सुनामी छाल सरी त्यही साथीलाई देख्ने मन जागेर आयो उसको हरेक पल उनकै यदमा बिताउन मन लाग्थ्यो आँखा चिम्लन्थ्यो उसको कल्पनामा उनकै मुहार र बोली गुन्जिरहन्थ्यो बेलुकी सुत्नेबेला मनमा कुरा खेलाइरह्यो “किन म यति भावुक हुदैछु? उनलाई देखेपछि नै म भित्र उत्साह बढ्दैछ उनका ती शालीन मुहार भद्र personality र मीठो बोली अनि सुन्दर रुप केही पनि कम छैन उनमा, उनलाई एकैछिन कल्पनाबाट बाहिर राख्यो भने सारा जिन्दगी नर्क जस्तो हुन्छ जागर हराउँछ कसैले मिठो बोले पनि चिच्याएजस्तो लागछ तर उनैलाई सम्झिरहदा सबै प्रिय लाग्छन् आजसम्म आफैलाई कठोर समझन्थे तर आज फिल्म हेर्दाहेर्दै उनलाई सम्झेर रोएको छु । सायद उसलाई माया गर्न थालेछु तर उनमा मेरो कुनै प्रभाव छ त?” यस्तै यस्तै सम्झिदै ऊ निदाउथ्यो समयले आफ्नै रफ्तार कायमै राख्यो यतिकैमा परिक्षाफल पनि प्काशित भयो उसको नतिजामा ऊ सन्तुष्ट भयो आखिर मौका परिक्षा दिन पाउने भयो मनभरी जागर हौसला लिएर तयारी गर्यो परिक्षा दियो पनि तर तर आफूले चाहे अनुसार दिन सकेन तर आशावादिरह्यो दिनहरू बित्दै गए मनका सारा वितृष्णा मेटाउन साथीको यादनै काफी हुन्थ्यो यसैबीच मौका परीक्षाफल प्रकाशित भयो गौरव अनुत्तीर्ण भयो उसमा उदासीनता छायो सम्हालिने कोशिस गर्दै कक्षा 12को परिक्षा तयारीमा लाग्यो तर त्यति ध्यान दिन सकेको थिएन उसको उदासीनताको अर्को कारण त्यहीँ साथीप्रतिको चाहना भयो उसलाई साथीले वास्ता गर्दैन जस्तो लाग्यो र यो उदासीनता मेटाउन एकपटक मात्रभएपनि साथीको मुहार हेर्न चाहन्थ्यो उनको उपस्थितिले उनलाई प्रेरणा मिल्ने कुरामा ऊ विश्वस्त थियो तर आफूलाई उपेक्षा हुनुपर्ला भन्ने डर पनि थियो साथै शङ्का थियो “कतै ममा एकतर्फी प्रभाव त होइन?” हुनत पहिलो भेटमा गौरवले वास्ता गरेको थिएन उनैले बोलाएकि हुन् कहिलेकाही गौरवलाई हेर्थिा कहिले वास्तै नगरी हिडथिन् कार्यक्रमबाट फरकने बेला पनि गौरवले उनलाई हेर्दा उनले पनि गौरवलाई हेरिरहेकी थिइन यसैगरी नजर जुधेको थियो गौरवले सोच्यो “जसको नामसम्म थाहा छैन उसैको प्रभाव किन यति गहिरो ? तर जे होस उनी मेरो प्रेरणाका स्रोत हुन उनको अनुपस्थितिमा मेरो सँसार नर्क जस्तो हुन जान््छ” उसले यस्तै सोच्यो “आउदो परिक्षमा पक्कै हाम्रो भेट हुनेछ म आफ्नो मनका सारा भावना उनलाई पोख्नेछु सायद उनी मेरो जीवनभर प्रेरणाको स्रोत बन्न सक्छिन” उसले परिक्षाको तयारी गर्दै प्रतीक्षा गरदा गर्दै प्रतीक्षाको पल समाप्त भयो आखीर बैशााखको मध्योतरितर परिक्षा सुरु भयो गौरव पनि कोठा भाडा तिरेर परीक्षा िदन बस्यो उसले परीक्षालय जाने बाटोको कोठा रोजेको थियो परीक्षाको पहिलो दिन खडेरीको याम बैशाख महिनाको मध्ये समय हावा चलेर सुख्खा धुलो उडिरहन्थ्यो बिहान परीक्षाको समय भएपछि गौरव परीक्षालयमा प्गयो आफ्नो सिटमा बस्यो परीक्षार्थी आउने क्रम जारी थियो उसको नयन साथीको दर्शन खोजिरहेको थियो आफूसँगैको सिट पनि खालि थियो उसले साथीको प्रवेश देखेन अन्तिममा ऊ सँगैको सिटमा कोही आएर बस्यो गौरवले उत्साहित हुँदै हेर््यो तर उसको साथी थिएन उसलाई कताकता नरमाइलो लाग्यो समय सकिन लाग्दा कापी बुझाएर उठ्यो वरिपरि हेर्यो पछाडिको सिटमा साथीलाई देख्यो थोरै हर्षित भयो दोस्रो दिन त्यस्तै रह्यो तेस्रो दिन परीक्षामा जाने बेला अचानक उसको साथी उसकै कोठा अगाडिको बाटो हिड्दै थिइन् गौरवलाई देखेपछि मुस्कुराइन उत्साहित हुँदै गौरवले सोध्यो :-“आइपुग्यौ?” उतर :- “अ! आईयो जाऊ न?” गौरव:-“हुन्छ जाऊँ,,,” उनी सरासर हिडिन गौरव केहीछिन उभिरह्यो साथीहरू आएपछि हिड्यो अर्को दिन गौरव केही ढिलो गरी जादै थियो बाटोमा साथीहरूलाई परखिदै थियो उसले बाटोमा हेर्यो उनै साथी एक्लै आउदै थिई गौरवले हेरिरह्यो छेउमा पुगेर”चेकिङ् हुदै जस्तो छ नि ?” भन्ने प्रश्न सुनेर झसङ्ग भयो र उतर दियो “हो हुदैछ।” गौरवको छेवैमा आएर उभिइन र भनिन “चिट त लुकाउनु पर्छ है” गौरवको धड्कन अघिनै बढिसकेको थियो खासमा ऊ आफ्ना मनको भावना पोख्न चाहनथ्यो तर बोल्न सकेन अन्तमा नाम ठेगानासम्म जान्न चाहेको थियो तर औपचारिक प्रसंग सुरू गर्न सकेन बल्ल मुख खोल्यो “कुन faculty पढ्नुहुन्छ?”यतिन्जेल उत्सुक भएर गौरवलाई हेरिरहेकी उनले जवाफ दिई “education हो।” बल्ल बोलीको सुरूवात गर्दै थियो गौरव अर्को प्रश
सायद नाम सोध्न मुख खोल्दै थियो गौरवका साथीहरू आइपुगे “जाऊ है?” भनेर उनी हिडिन गौरव साथीहरूसँग गयो अर्को दिन परीक्षाको अन्तिम दिन थियो साथै गौरव र उसको प्रेरणाको स्रोत या भनौ उसले माया गरेको उसको साथीलाई भेट्ने अन्तिम मौका गौरव साथीलाई अवश्य मनको सबै गाठो फुकाउने अठोट गरेर परीक्षा दिन गयो फरकिएपछि कोठाको झ्यालबाट फर्कदै गरेका परीक्षार्थीको हुलमा साथीलाई नियाल्दै थियो भीड भित्र उनलाई देखेपछि बाहिर निसकियो जोडसँग बहेको हावाले धुलो उडाइरहन्थ्यो आकाशमा कालोनिलो बादलले छोपिदै थियो पानीका ठुला ठुला थोपा बेला बेला आकाशबाट वर्षिन्थ्यो परीक्षार्थीहरू हतारमा हिड्दै थिए गौरवले साथीलाई देख्यो उनले गौरवकोतर्फ नहेरी हिडीन उनको मुहारमा केही चिन्ता र उदासीनताको लहर कुदिरहेको आभास गौरवले पायो ।गौरव भने बजारका पसल चाहारेझै बाहाना गरेर उनलाई पछ्याउँदै थियो आकाशको बादल थोपा थोपा बाक्लिएर झरीको रुप लिइसकेका थियो गौरवको साथी केही तलको पसलभित्र गइन बैसाखे झरी बर्सिरहेथ्यो गौरवले कुरा गर्न सही मौका सम्झेर उहीँ पसलमा लम्कियो ढोकामा पाईलामात्र राख्दै थियो भित्रबाट निस्कने व्यक्तिसँग झण्डै ठोकियो त्यो अरू कोही नभएर उसकै साथी थियो उनकै साथमा अर्को युवक थियो उनीहरू ढोकाबाट निस्किए त्यो युवकले छाता खोल्यो गौरवको साथीलाई ओडाएर बाटो लागे भित्र कसैले भन्दै थियो “बीचरीलाई! पढ्दापढ्दै हिजो हात माग्न आएका रहेछन्” झरी अली अली रोकियो छ तर गौरवको मनभित्र झरी पर्न थालेको छ आखिर बैसाखे झरीको कुहिरोभित्र नहराउन्जेल गौरवले ती दुईलाई हेरिरह्यो ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *