Skip to content

खोस्दिन म


ओढार मै बास होस झुप्रामा किन,
तर कसैलाई ठगेर महल खोज्दिन म

चाहिंदैन भोग बिलस जे छ त्यही ठिक छ,
कसैलाई लुटेर स्वर्ग खोज्दिन म

रहर आशा सबैको समान किन खोसनु,
उडुसले जस्तै चुस्न खोज्दिन म

देख्दा चिल्लो मुखमा बिष आँखामा जलन,
सर्प जस्तै कसैलाई डस्न खोज्दिन म

भलै भोकै किन नपरोस कुर्न यमराजलाई,
तर कसैको रोटी खोस्न खोज्दिन म

तुलसिंह नेपाली
दैलेख- हाल यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *