• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

मखमलीका राजाहरू

kbs — Sun, 04/12/2009 - 12:49

  • आधुनिक कथा
  • माधवप्रसाद उपाध्याय 'सयपत्री'
  • गोरखापत्र

मखमलीले सोचिथी- आफ्नै स्तरको दर्शनले- 'गाउँमा धनी, गरिब, साना-ठूला, ठालू-दमित, शासक-शोषित भएझैँ भगवान्को संसारमा पनि त्यस्तै हुन्छ होला ।' नत्र छिटफुट गाउँतिर लगाइने पुराणमा कृष्ण-सुदामाको कथा किन आउँथ्यो ।

मखमलीको निरक्षर मस्तिष्कले सोचेथ्यो- 'कृष्ण धनी छन् र सुदामा गरिब ।' तर उसले त अरू पनि सुनिथी- कृष्णले एकैरातमा सुदामालाई करोडपति बनाइदिए । मखमली सुदामा पत्नी कोचेली हुन चाहन्थी तर ऊ थिई- डुहुरे पत्नी 'मखमली' ।

मखमलीले आफू अघोर नर्कमा परेको अनुभव गरी । उसले सुनेको किताबमा लेखेको स्वर्ग-नर्कका लीलामय प्रवचन जब सुन्दै गई ।

त्यो पुराणवाचन स्थल थियो । त्यहाँ एउटा राजा थियो-पण्डित । मन्त्री थियो-उपवाचकी । जी हजुर टक्र्याएर नस्तमस्तक मुद्रामा थियो- कर्ता अर्थात् दानप्रसाद । पुराण सुनेर फर्केको दिन बाटामा मखमलीले सोचेका कुरा हुन् यी ।

पुराण प्रवचनका अन्तिम अन्तिम दिन थिए ती । लगातार लोग्ने डुहुरे भैंसी दुहुने बित्तिकै तरैसँग काँचै दूध ढुङ्ग्रोभरि लिएर पुराण सुन्न गइरहृयो । बुढ्यौलीतिर ढल्केकी उसकी सासुको त के कुरा । भन्थी- "ल है, घरबेबार जे गर्छौ गर म त साताभरि दानप्रसाद पण्डितको आँगन मरे छाड्दिन । करेसामै भने जसो पुराण छ, बूढेसकालमा पनि सुन्न नपाए कैले सुन्नु त Û आफू लगाउन सकिने हैन । त्यत्रो सम्पत्ति चाहिन्छ । अर्काले ला भनेर दिएको पनि नखाए त सधैँ भोकै रहन के बेर । यो बेला पनि यसो धर्मकर्मका कुरा सुन्न नपाए त कैले सुन्ने मरेसी ? मरेसी त कहाँ हो कहाँ आ-आˆनो भोगअनुसार चल्नुपर्छ ।"

मानौ धर्मशास्त्र पूरै पचाएर बोलेकी थिई सासुले त्यस दिन पनि । स्वर्ग-नर्क, बन्धन-मोक्ष सबै थाहा भए झैँ वा कुनै विशेषज्ञले आˆनो विषयमा प्रवचन दिए झैँ बोली थी सासु ।

पुराण सुनेर आएपछि सासुले दिएको प्रवचन झनै 'विशेष' हुन्थ्यो । मखमली सुनेझैँ गरी सुन्दिनथी वा थोरै सुन्थी । डुलेर राति अबेर घर आउँथ्यो । दानप्रसादको घरमा सप्ताहभरि जुनजुन काम आइलाग्यो त्यो सबै डुहुरे नै गथ्र्यो अर्थात् उसलाई काम गर्ने आदेश थियो । तर भित्रिया काम दानप्रसादका बुहारीहरू गर्थे । बाहिरको काम जति डुहुरे जिन्दावाद । काम कस्ता भने दाउरा चिर्ने, पानीको रठ्ठापठ्ठा मिलाउने । को आए, को गए, कसले के खायो, कसले खाएन आदि ।

एकदिन मखमलीले दानप्रसादको आँगन टेक्ने नै भई । दिनभरि बस्ने भई । सासु बिहान एक सर्को घरायसी खटनपटन वा उर्दी जारी गरेर उहीँ पुगिसकेकी थिई । डुहुरे पनि आमाको पछिपछि भनेजसो कुद्यो । डुहुरेका सन्तान थिएनन् । भगवानले नै थपक्क हातमा छोरा नै राखिदिन्छन् कि भनेर पनि ऊ अहोरात्र त्यसरी भागवत् भक्तिमा लागेको थियो । बिहे गरेको आठ दश वर्षसम्म पनि सन्तान नहुनु त अचम्मै थियो नि Û

डुहुरेलाई अहिले आफूले बिताइरहेको संसारभन्दा पनि परको संसारको बढी चिन्ता थियो । मरेपछि एकातिर काँध हालेर घाट पुर्‍याउने छोपो गुथेर तेह्रदिनसम्म किरिया गरिदिने र त्यसपछि तिथिमा श्राद्ध गरिदिने एउटा सन्तान होस् भन्ने चाहन्थ्यो ऊ ।

सन्तान उत्पादनमा आवश्यक मात्रामा शुक्रकिट र डिम्ब चाहिन्छ भन्ने कुरा त्यो अनपढ डुहुरेलाई के थाहा Û त्यसैले डुहुरे सन्तान प्राप्तिको लागि लालसारत रहृयो ।

दानप्रसादको पुराणमा जाने योजना बनाई मखमलीले । बाख्रा के गर्ने ? टन्न घाँस हालिदिने । गाइगोरु के गर्ने ? फुकाएर खोलापारितिर धपाइ दिने । घर कसले कुर्ने ? ताल्चामारिदिने । वरिपरिको फलफूल कसले हेर्ने ? पाङ्ग्रेकुकुर घरपछाडि बाँधिदिने । बस यत्ति त हो । राम्रो योजना बनाई मखमलीले ।

ट्याङ्काबाट सारी झकिी । के सारी भन्नु तराईवासीले घुमाउँदै बेच्न ल्याएको । पहिले बाह्र सय मोलेको पछि दुईसयमा छाडेको । दुईचोटि धुन्दा जात हराएको, डोरा सरेको सारी । मिलाएरै लगाई मखमलीको ढङ्ग पुगेसम्म । कपाल पनि सम्याइ । थोत्रो ऐना अगाडि आफूलाई देखाइ र हाँसी मुसुक्क । उसलाई आफू राम्री लाग्यो । अझ अनुहारमा तोरीको तेल दली र मुसारी । झनै राम्री । सोची-'यति राम्री छु म डेहुरे जस्ताकी हाताँ परे के गर्नु, कर्मै फुटेको ।' सारा दोष भाग्यलाई थोपडी । फेरि ऐना घुमाएर हेरी । ऐनाले हैन, ऐनामा देखिएकी मखमलीको प्रतिविम्बले मखमलीलाई जिस्क्याइ । सिउँदोमा सिन्दूर भरी । ऐना थन्क्याइ र उठी । जीउ फूलको थुङ्गा झैँ हलुङ्गो भएको अनुभव गरी ।

मखमली ताल्चा मारेर निस्किइ दानप्रसादको आँगनमा पुराण सुन्न । यसो गोठतिर पसेर बाख्रालाई हेरी घाँस थपी । दाम्लो हेरी । खसीको दाम्लो चुँडिन लागेको पाई । सोची 'यै प्यारो खसीलाई केही भइदियो भने ?'

गाइगोरु फुकाइ । छिटोछिटो लखेटी । एक्लै कराइ- "यी बस्तु पनि हिँड्न किन नमानेका भन्या । आफूलाई कति हतार छ । आज त दिनभरि पुरान सुन्छु । कस्ता मीठामीठा कुरा गर्छन् रे पण्डितले । पल्लो घरको तुलसे त भुतुक्कै भई छ । कुत्कुती लाग्ने कुरा गर्छन् रे । किताबमै लेखेको होला कि मुखले बनाएर भनेका होलान् । पाँचवर्ष पैले माइती गाउँका काजीले लगाका थी सप्ता । दुई दिन सुनेकी थिए । त्यतिखेर त त्यस्तो कुत्कुती लाग्ने कुरा त केही गरेका थिएनन् ।"

मखमली खोलामा पुगिसकिछ । "राम्ररी चरेर बेला घर आउने कि चाँडै आ'र बालीमा पस्ने हैन नि"- मखमली गाइबस्तुसित बोली । हातको सिन्को फाली र घरतिर नगै सोझै दानप्रसाद पण्डितकोमा पुगी ।

मखमलीले देखि- सासु मण्डपको भित्री भागमा एकाग्र कथा सुनिरेकी थिई, लोग्ने डुहुरे यता र उता हिँडिरहेको थियो । मखमली र डुहुरेका आँखा जुधे । डुहुरे मुर्मुरायो । सासुले अनुहार बिगारी । स्रोताको ध्यान भङ्ग हुन्छ भन्ने डरले डुहुरे बोलेन, मात्र ओठ कमायो ।

मखमलीले आँखा घुमाइ- अग्लो आसनमा पण्डित अर्थात् पण्डित राजा । अलितले अर्को लामो टुपीवाल बाहुन । अर्को तेस्रो श्रद्धालुलाई गहुत र टीकाका लागि हातैमा थाली र करुवा लिएर तयार बसेको । सुन्न बसेकाहरू चुँ सम्म नबोली पण्डित वचनतिर ध्यान दिइरहेका । मखमलीलाई बसिहाल्न पनि अप्ठेरो, उठिरहन पनि अप्ठेरो । मखमली असामञ्जस्य परी । तैपनि तुलसेकै छेउमा परालमा बसी खुसुक्क । तेस्रो बाउनले उसलाई गहत दियो र निधारमा टीका टाँसिदियो । मखमलीले भेटी चढाइन् ।

पण्डितले संस्कृत वाचन सके- मण्डपमा हरेराम हरेकृष्ण गुञ्जियो । जयगान घन्कियो । पण्डितले आˆनो बसाइँमा अलिकति यताउति गरे । अनि सुरु भयो कथा उल्था- "सुदामाको परिवार अत्यन्त गरिब थियो । तैपनि भक्ति छाडेको थिएन त्यो परिवारले । एकदिन सुदामाकी गृहिणी कोचेलीले भनिन्- "स्वामीदेव कृष्ण त तपाईंंका बालसखा मात्र हैन, मित पनि हुनुहुन्छ । उहाँ त्यस्तो उच्च पदमा हुनुहुन्छ । जानुहोस्, पुरानो साइनो जोड्न । कति दिन हामी भोकै बस्ने Û"

आˆनी श्रीमती कोचेलीको कुरा सुनेर सुदामालाई रिस पनि उठ्यो । उनले भने- "के म मैले खान पाइन भनेर हात जोड्न जानु, बरु तिमी नै जाऊ कोचेली ।"

कोचेलीको अनुनय पछाडि कनिका कोसेली लिएर सुदामा कृष्णकोमा गए । पुराना सखा र मितज्यू आएको देखेर कृष्ण भगवान् अत्यन्त खुशी हुनुभयो । कोसेलीका कुरा गर्नुभयो । सुदामा लजाए । बेलुका चौरासी व्यञ्जन तयार भएपछि सुदामा खान बसे । कोचेलीलाई सम्झे । त्यहीबेला कृष्णले कनिका कोसेली खाए । बेलुका अबेरसम्म गफिएपछि अत्यन्तै सुन्दर कोठामा सुताइदिए । बिहान भयो । कृष्णबाट केही मिलेन, बिदा भए । निरास भएर घर फर्के । उनलाई आˆनो दुःख देखाउन आएकोमा पछुतो लाग्यो । सुदामा घर पुग्दा त अचम्म, उनले आˆनो घर ठम्याउन सकेनन् । भ्रम हो कि भनेर कचेरा पुछे । हैन रहेछ । भगवान्को भक्ति र कृपाले झुप्रो त दरबारमा बदलिएछ । भगवान् कृष्णलाई धेरै नमस्कार गरे सुदामाले टाढैबाट ।" मखमली एकोहोरो पण्डितको मुखमा हेरेर ट्वाल्ल परिरही । पण्डित फेरि संस्कृत वचन वाचनमा लागे । दानप्रसाद घोप्टे आँखाले मण्डपमा हेर्न लाग्यो । शायद आउनेहरूको अनुहार हेर्न खोजेको हुनुपर्छ । डुहुरेकी आमाले डुहुरेलाई सङ्केत गरी । सङ्केतको अर्थ थियो- "तेरी स्वास्नी सप्ताह सुन्न आइछ । बस्तुभाउ कसले गर्छ । छिट्टै घर पठा ।" सङ्केत पाउने बित्तिकै मातृ आदेश तामेली गर्न डुहुरे मखमलीतिर हुट्टयिो- "राँड, घराँ बस्तुभाउ कसले गर्छ ? छिटो मुन्टी घर । कसलाई सोधेर आइस् ।" डुहुरेले हात मात्र छाडेन । तुलसेले मखमलीको पक्ष लिई- "यी दाइ पनि आफूचाहिँ रातोदिन यतै, भाउजूले पनि सुन्न हुन्छ नि ।"

डुहुरे पुरुषदम्भले सुन्नियो- "तँलाई के मतलब तुलसे । चुपो लागी बस्न । मैले तँलाई भन्या छु र Û यो राँडलाई पो घर जा भनेको ।" हल्लाखल्ला बढ्ला जस्तो ठानी मखमलीले एकवचन नबोली पुराण वाचनस्थलबाट उठी र हिँडी । डुहुरे शान्त भयो । पण्डितले संस्कृत वाचन सके । उल्था वाचन गर्न लागे । मखमलीकी सासू कथा श्रवणमा एकाग्र भई ।

दिनभरि पुराण सुन्ने इच्छाले गएकी मखमली दुईघण्टा पनि बस्न नपाई फर्की अर्थात् फर्काइ । मखमलीलाई कस्तो कस्तो अमिलो मन भएर आयो । मनमा बठ लागेर आयो । सोची, हाम्रो इच्छा अनुसार हामीले कहिले गर्न पाउँछौ । सहराँ त राजा हटाए भन्छन् । गाउँका राजा कहिले हट्लान् Û लोग्ने राजा, दानप्रसाद राजा, पण्डित राजा । झन् यहाँ त धेरै राजा । अझ ठूलो राजा त किताबमा लेखेको कृष्ण राजा ।

मखमलीलाई पापको डर लाग्यो । कृष्णप्रति आएका कुभावनाहरूलाई दबाइ र सरासरी घरतिर लागी । 'त्यस्तै रहेछ देउताका पालामा त धनी-गरिब, ठूला-साना रहेछन् । यो त झन् कली जुग । साँच्ची म घर पुग्दा सुदामाकै जस्तो भैदिए कति राम्रो हुन्थ्यो । म हेपिनुको कारण पनि सम्पत्ति नहुनु त हो नि Û आˆना त लोग्ने पनि कस्ता कस्ता । त्यै सुदामाजस्ता माया गर्ने भए त दुःख पनि बिर्सिहालिन्थ्यो । सासू त झनै । ती पनि म जस्तै बुहारी भएर सासू भएकी हैनन् र Û'

बाटोभरि असङ्ख्य सोचाइ आए । सबै सोच्नै सकिन । मखमली सोझै गोठतिर लागी । बाख्रो दाम्लो कसिएर अनौठो आवाजले कराएको जस्तो सुने । हतारहतार टाट्नोतिर लागी । मखमलीको प्यारो खसी 'प्याप्या' गरी कराउँदै थियो । टाट्नामा दाम्लो धेरै फन्को बेरिएछ । मखमलीको जीउभरि पसिना आयो । खसी तेर्सो पर्‍यो । मखमलीले एकचोटी कृष्ण सम्झी र धिक्कारी । दाम्लो फुकाउँदै गई मखमली ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 164
  • 2520 reads
Tweet facebook

Yakdam Ramro Lagyo Madav

rabi — Sun, 09/26/2010 - 18:32

Yakdam Ramro Lagyo Madav Sir.............let's write go on.......!!!

rabi

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    3 days 50 min ago
  • सानो आग्रह गरे है सर
    3 days 19 hours ago
  • कत्रो दुर दर्शिता
    1 week 1 day ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 1 day ago
  • appreciate
    5 weeks 1 day ago
  • आभार
    5 weeks 1 day ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 4 days ago
  • आभार प्रकट गरे
    5 weeks 6 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 6 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    6 weeks 16 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • विद्यार्थी हुँ म
  • प्रेमिलहरूको प्रेम दिवस
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • काली
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • देशभक्त हुँ म
  • नेपाल मेरो घर
  • शुभ दिन बिहानीको
  • सहकारी नारा (कविता)
  • गजल
  • आग्रह
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा

Last viewed:

  • अतीतका ती पलहरू
  • ढोका –१
  • आजभोलि जिन्दगी यो
  • कवि
  • सपना
  • मुटु जलिरहेछ
  • चौध तालको माला घोडाघोडी क्षेत्र
  • मन धुने साबुन
  • जिन्दगी
  • गजल (तीज स्पेशल)
  • भेदभाव र छुवाछूत सबै मिली हटाऊँ
  • भाषा–साहित्यमा उदयपुरको चर्चा
  • सहकारी दिवशको उपलक्ष्यमा (सहकारी गित)
  • उपहार
  • चम्चा
  • कुन्नि किन हाँस्दाहाँस्दै रुन्छु अचेल
  • अन्तिम रात
  • कोहलपुरमा साहित्यिक अन्तर्कृया सम्पन्न
  • संसार
  • बास
  • मैथिली लोकगाथा र नेपाल भूमि
  • नींद नआए जस्तै तिम्रो याद नआओस्
  • हुड्क्या पटुकी
  • पर्खी बसे आउला भनी मेरो उठने पालो
  • पोखरा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • देखाई दिनुस
  • सम्झनाको तरेलीमा पारिजात दिदी
  • यो एउटा लाउरेको कथा हो
  • खहरेको भेल-रहेछ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित