Skip to content

घरखेत साहूलाई छाडी


घरखेत साहूलाई छाडी अरबैमा आएको छु
मरूभूमि मेरो भागमा विरह गीत गाएको छु

नानीबाबु भन्न मैले वर्ष दुएक कुर्नु पर्छ
पराईको देशमा मेरो आफ्नै भावी जुर्नु पर्छ
साँबाब्याज लगातारै सगरमाथा चढ्दै होलान्
सरसापट, तिरोभरो अक्कासेर बढ्दै होलान्

बिदाइमा टीकामाला लगाउँदा भारी जिउकी
विछोडमा कसो गरी दिन काटी बस्छौ होली ?
बिरानो यो खाडी देश जताततै बाफैबाफ छ
आरनको फलाम झैँ हृदयमा तापैताप छ

घरखेत साहूलाई छाडी अरबैमा आएको छु
मरूभूमि मेरो भागमा विरह गीत गाएको छु

पेशल आचार्य
महालक्ष्मी नपा –१०, टीकाथली, ललितपुर
हालः मन्थली, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *