Skip to content

उसले भाषणमा ठुला कुरा गर्यो


ठुलो कुरा,
यो देशको कुरा,
देश बनाउने कुरा,
उनले पारी ढिस्कोको,
माटोको कुरा गर्यो,
कृषिको कुरा गर्यो,
ए! रेल गुडाउने,
जहाज उडाउने,
मान्छेको भोक हटाउने,
गनाउने सास भगाउने,
स्वास्थ्यको कुरा,
पेट भराउने जागीरका कुरा,
नेपालै नेपाल,
हजारौं-लाखौँ-करौडौँ कुरा गर्यो,
युक्ति-जुक्तिको कुरा गर्यो,
आम मान्छेले नबुझ्ने,
सप् पइले सोच्नै पर्ने
कुरा मात्रै गर्यो,
कुरा मात्रै गर्यो
गरिरह्यो,
भनिरह्यो,

एउटा अनलाइन पत्रिका र संचारमाध्यम भर छायो,
एउटा कुरा मलाई नि था भो,
अब तपाईलाई नि था भो,

उनले भाषणमा ठुलो कुरा गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *