Skip to content

दुई मुक्तक (रुवाइ)


१) मेरो ब्यथा

यादहरू भूल्न सक्दो पिउँदैछु, खुशी छु भनुँ कसरी
उध्रिएको मन एक्लै सिउँदैछु, खुशी छु भनुँ कसरी
पहिले जस्तो सुख-शान्ति आजभोलि विल्कुल छैन साथी;
घरी-घरी दुख्दै-थाक्दै जिउँदैछु, खुशी छु भनुँ कसरी

२)याद बल्झिरहेछ

भित्रभित्रै माया गरी बनावटी रिसाउनेको याद आयो
सुखदुःख हाँसो-खुशी सधैंभरि मिसाउनेको याद आयो
विवशताले भनुँ हजुर् एता भए म उता भइन उनी;
अंगालोमा बाँधिएर सारा कुरा बिसाउनेको याद आयो

– राम अप्रिय
पाँचथर
हाल:- साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *