Skip to content

माटाको महिमा


माटो जीवन हो यथार्थ पनि हो यो मृत्यु र जन्मको ।
माटो अन्न र सास दिन्छ नि सदा माटो त सर्वस्व हो ।।
माटो हो कविता कथा सकलको माटो मिठा मुक्तक ।
माटो काव्य बनेर फुट्छ कविको खुल्दैछ रे चिन्तन ।।

माटाको गुणगान गर्छु म यहाँ प्यारो छ यो प्राण झैं ।
माटा सृष्टि गरेर दिन्छ सबमा खाना यहाँ स्वादकै ।।
माटाको हर रात देख्छु सपना संसार निर्माणमा ।
माटै खेल्दछु साथमा उ विपना भैदिन्छ सत्मार्गमा ।।

माटाको भर पर्छ जीव सकलै माटो छ त्यो आश्रय ।
माटोमै जल हुन्छ स्वच्छ रुपको यस्मै छ देवालय ।।
माटाले घर बन्छ खूश दुनिया क्या ढुक्क मान्छन् जन ।
माटामा छ चिहान अन्त्य समयै जल्ने चिता दन्दन ।।

माटो छैन भने सुवास छ कहाँ राता गुलावै सित ।
माटो हुन्न कहाँ र फुल्छ मनमा सत्प्रेमले शाषित ।।
माटो छुन्न जहाँ हुँदैन उसमा जीवात्मका अंश त्यो ।
माटो वाहिक फक्रने छ कुनमा मान्छे दिने वंश त्यो ।।

माटो नै सब थोक हो सुजनको ढुँगा छ माटै भर ।
माटो छैन हुँदैन लोक र कहाँ बस्छौ बनाई घर ।।
माटोभित्र मुहान हुन्छ जलको वाँच्छन् सवै जीव ती ।
माटोसंग निश्वास लिन्छु कसरी माटो विना जीवनी ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *