Skip to content

आज किन किन मलाई


आज किन किन मलाई माया लाग्दैन
मनको पिर कसै गरदा पनि भाग्दैन

न्याउलीचरी कराएको बिन्द्रावनमा
डर मात्रै लागेको छ मेरो मनमा

बैशाखमा गुराँस पनि किन फुलेन
मेरो मन मायालुका साथ खुलेन

आज किन मनभित्र गाँठो परेछ
उसैलाई मेरो मनले माया गरेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *