एउटी नाबालिकाको सङ्कल्प : म परदेश जान्न आमा !
editor — Wed, 07/13/2016 - 03:41
हिजो अबेरसम्म ..
खुल्ला आकाशमुनि,
आमा र म बात मार्यौ,
मैले पोखेँ कौतुहलता :
''आमा, केही दिन भयो,
किन तिम्रो आकाशमा घाम उदाएन ?"
"कता विलिन भए ती नक्षत्रका ताराहरू ?"
... आमा मौन थिइन्,
तर मैले फेरि सोधेँ,
"आमा !
मेरा दाजुहरू नून पानी खोज्न परदेशिएका हुन् ?"
"के तिनीहरूले पानी भेट्टाउनेछन् मरुभूमिमा ?"
... उत्तर पाउने आशामा पर्खिरहे,
आमाका गलाहरू अबरुद्ध जस्तै थिए,
मेरो आवाज अनायास,
फेरि फुत्त बाहिर निस्कियो -
"आमा,...
दाजुहरूले उता मकै,कोदो खाएका हैनन्,
त्यस्तो अन्न खान पाएका थिए अरे..
जुन हाम्रो खेतबारीमा उब्जेकै छैन,
त्यसैले,
बाकसभित्र सुत्ने अवसर पाएर नेपाल फर्के ।"
"के बाकसभित्र गर्मी भएन तिनीहरूलाई आमा ?"
... आमाको नयनबाट झर्यो,
अविरल आँशु,
रुनु न हाँस्नु,
केही गर्न नसकेझैँ .. अत्तालिएर
घाँटी चिरिदैँ आवाज निस्कियो :
"तिम्रा दाजुहरू फर्केका होइनन्,
शरिरहरू त मूढ़ों जस्तै,
प्राणबिहीन थिए बाकसभित्र,
तड्पिरहेका छन् अरे अँझै ..
आत्माहरू त उतै उतै !"
~म स्तब्ध भएँ,
सायद उनको उत्तर बुझिन,
तर आवाज बुझ्न सक्छु,
विवशता,पीडा,छट्पटी, अनि सहनशिलता ।
यी सबै उनको आवाजका पर्याय हुन् ।
फेरि आमाका ती निर्दोष नयनहरू नियालेँ
अनि मनन गरेँ ..
"आमालाई मेरो खाँचो छ,
मैले आजै संकल्प गरेँ,
कसम आमा ...
म परदेश जाने छैन,
रातो बाकसमा भरिएर ताप्न नमिल्ने आगो र
राख्न नमिल्ने सन्दुक बनेर...
फर्कन म परदेश जाने छैन ।
~अरुणा शर्मा
- 580 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
1 min 14 sec ago - Reply to comment | मझेरी डट कम
2 min 47 sec ago - Reply to comment | मझेरी डट कम
3 min 43 sec ago - Reply to comment | मझेरी डट कम
4 min 36 sec ago - Reply to comment | मझेरी डट कम
5 min 37 sec ago - Blood-stained teenager suitable peaks probe tread.
14 min 32 sec ago - Blood-stained teenager suitable peaks probe tread.
14 min 46 sec ago - Reply to comment | मझेरी डट कम
18 min 11 sec ago - Reply to comment | मझेरी डट कम
19 min 5 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- एकै चित्त बनोस् अब
- खहरेको भेल-रहेछ
- धेरै भयो सम्झनामा
- अभाव र खाँचो
- भाग्यले नि ठगेको मान्छे
- आदर्शको अवशान
- केही मुक्तक (अरूण खत्री नदी)
- यौवन
- भत्किएका रहरहरु
- गजल
- नेपाली रङ्गमञ्चको मौलिक पहिचान
- विश्वास (लघु कथा)
- तिमी र म
- आवाज, नदी र म
- बसन्तमा पलुवाहरू
- योजना
- इतिहासको कठघरामा चन्द्रशमशेर
- तिमी बिना
- धेरै वर्षपछि आज फेरि
- छट्टु साथी
- आगोमा भिज्नुपर्छ
- भूपि: नेपाली आधुनिक गद्य कविताका एक वृहत् समीक्षण
- कुसुमे रुमाल
- मेरो मिल्ने साथी छ
- राजनीति त नालीमा किरा चले जस्तै
- "तिमी नै त हुन्छेउ"
- सगरो सबेर (कविता)
- हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ
- तिमीलाई हेर्ने
- चोखो
Post new comment