Skip to content


देश र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने महान् व्यक्तिहरूका जीवनगाथा र राणाविरोधी संघर्षका क्षणहरू सुन्दै जाँदा ममा क्रान्तिकारी भावना बढ्दै गएको थियो । विसं १९९७ को घटनाले त मेरो जीवनमा ठूलै हलचल र परविर्तन ल्याइदियो । त्यसपछि मैले मनमनै आफूलाई राणाविरोधी क्रान्तिकारी मोर्चामा संलग्न गराउने निधो गरेको थिएँ । मेरा दाइ चित्रबहादुर केसीलाई नेपाल प्रजापरष्िाद्को काण्डमा काठमाडौँ उपत्यकामा आउन नदिने गरी डाँडा कटाइएको थियो । यस घटनाले पनि मलाई क्रान्तिकारी मोर्चामा संलग्न हुन उत्प्रेरति गर्‍यो ।
राणाहरूको त के कुरा गर्ने ! एकसे एक धूर्त र चलाख थिए । चन्द्रशमशेरलाई कूटनीतिक जालझेलमा कसले भेट्टाउने ? उनकै सन्तान मोहनशमशेरले जुद्धशमशेरलाई जोगी बनाएर लखेटेको, पद्मशमशेरलाई रुवाएर धपाएको पनि कसैले बिर्सेको छैन । त्यसैले पछिसम्म पनि पद्मशमशेरलाई मानिसहरू रुन्चे राजा भन्थे । सत्ताका निम्ति आफ्नै सन्तानलाई नछोड्ने राणाहरूले हामीलाई बाँकी राख्ने त कुरै थिएन । झन् मोहनशमशेरका बारेमा त के कुरा गर्ने ! उनको आतंक र षड्यन्त्र त सबैले भोगेकै हुन् । प्रजातान्त्रिक आन्दोलन दबाउन उनले के गर्न मात्र बाँकी राखे र ?

खासगरी त्यसबेला भूमिगत रहेर काम गर्न ज्यादै गाह्रो थियो । खुला परविेशमा त जो पनि राजनीतिमा संलग्न हुनसक्छ । भूमिगत र अझ राणाशासनको समयमा राणाविरोधी आन्दोलनमा लाग्नु बडो जोखिमपूर्ण थियो । ज्यानको बाजी लगाएर आन्दोलनमा उत्रिनुपथ्र्यो । अहिलेजस्तो राजनीतिमा सहज ढंगले लाग्ने र राजनीतिक व्यक्तिहरूलाई सहज ढंगले हेर्ने अवस्थै थिएन । मेरो त बालसुलभ स्वभाव थियो । किनभने, उमेर पनि सानै थियो । जेमा लाग्यो, एकोहोरो लाग्यो । दायाँबायाँ भन्ने कुरै थिएन ।
त्यसबेला राजनीतिमा लाग्यो भने गंगालाल श्रेष्ठ, दशरथचन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको नियति भोग्नुपर्छ भन्ने त्रास थियो । किनभने, आममानिसको बुझाइ पनि त्यस्तै थियो । त्यसबेलाका बूढापाकाहरू सबै यसै भन्थे । एक किसिमले राजनीतिमा लाग्न उत्साहित गर्ने मानिसहरू कमै थिए ।
हामी साथीहरूबीच मोहनशमशेरका कर्तुतहरूबारेमा बरोबर कुराकानी हुन्थ्यो । त्यस्तै ००५ सालको चैततिर हुनुपर्छ, हामी गजानन्द वैद्यको घर असन त्यौडमा बसेर राजनीतिक कुराकानी गररिहेका थियौँ । त्यत्तिकैमा गजानन्द वैद्यले भने, “अब तिमीहरूले राजा त्रिभुवनलाई भेट्न जानेजस्तो जोखिमपूर्ण निर्णय लिइहाल्यौ । त्यस्तो जोखिम उठाउँदा बाँचिन्छ भन्ने कुनै ग्यारेन्टी छैन । तसर्थ, कमसेकम चिनोका निम्ति भए पनि एउटा सामूहिक फोटो त खिचाऔँ ।”
शिवदेव पन्त र मैले मुखामुख गर्‍यौँ । झलझली १९९७ सालको घटना रलि घुमेजस्तो भएर दिमागमा आयो । तर, किन हो किन मरन्िछ भनेर डर भने लाग्दै लागेन । ज्यानकै बाजी थापेर आन्दोलनमा संलग्न भएकाले पनि त्यसो भएको हुनसक्छ । तर, वैद्यको कुरामा हामीले सहमति जनायौँ । मारनिै हाले भने पनि चिनो त रहन्छ नि भन्ने कुरामा सहमति बन्यो । त्यसबेला तुलसीलाल अमात्य नेपाली राष्ट्रिय कांग्रेसमा आबद्ध थिए । उनलाई वैद्यको घरमा सेल्टर दिलाएका थियौँ । एकदिन बिहान उठेर उनले त मजाले अम्खोरामा पानी लिएर झ्यालबाट टाउको बाहिर निकाली मुख धोइरहेका रहेछन् । हामीले भन्यौँ, “के गरेको ? भूमिगत बसेको मानिसले यसरी देखिन मिल्छ ? बाहिरबाट कसैले देखेर पोल लगाइदिए सत्यानाशै हुन्छ त !” उनले जिब्रो टोकेर भने, “मैले त भूमिगत बसेको नै भुसुक्कै बिर्सेको ।” पछि उनी कम्युनिस्ट भएर तीनधारा पाठशालामा भाषण गर्न आउँदा त म चित खाएँ । सरल र हँसिला मिजासका थिए उनी ।
चिनोस्वरूप फोटो खिच्न जाने वैद्यको कुराले भने कताकता भित्रभित्रसम्मै छोयो । मृत्युका बारेमा सोच्न थाल्यौँ । एक मन भन्थ्यो, मर्नु त छ नै किन हलुँगो मृत्यु वरण गर्ने ? गह्रौँ र सबैले चिरकालसम्म सम्भिmरहने मृत्यु वरण गर्नु नै राजनीतिमा लागेकाको उद्देश्य हुनुपर्छ भन्ने कहीँकतै पढेजस्तो लाग्छ । कपासजस्तो होइन, सगरमाथाजस्तो गहुँगो मृत्यु वरण गरौँ भन्ने पनि लाग्यो । त्यसले पनि प्रोत्साहित गर्‍यो । मृत्युदेखि डर नै लागेन । देश र जनताका पक्षमा लाग्दा केही गरी मृत्यु नै वरण गर्नुपर्‍यो भने त्यो सम्झनालायक रहला भन्ने लाग्यो । एक किसिमले मलाई त मृत्युदेखि डर नै थिएन ।
वैद्य, पन्त र म सरासर नयाँसडकसम्म हिँडेर गयौँ । ढोकाटोलमा नारायणप्रसाद श्रेष्ठको एउटा सानो स्टुडियो थियो । मजाले पोज दिएर फोटो खिच्यौँ र रमाइरमाई घर फर्कियौँ । जब सफलतापूर्वक राजालाई भेटेर म र पन्त फर्कियौँ, हामी तीन जनाका बीचमा फेर िरमाइलो हाँसोठट्टा भयो । बाँचेको खुसीमा नरमाउने कुरै थिएन । तस्बिरलाई ओल्टाइपल्टाई हेर्‍यौँ । राजालाई भेट्नुपूर्वको कल्पना र त्यसपछिको यथार्थ नितान्त बेग्लै थियो । मृत्यु अवश्यम्भावी देखेर खिचिएको तस्बिर सकुशल फर्किएर हेर्दा मन त्यसैत्यसै फुरुंग भयो, खुसीको त सीमै रहेन । किन किन त्यो तस्बिरलाई सुम्सुम्यायौँ, धेरैबेरसम्म हेररिह्यौँ ।
अचेल पनि कहिलेकाहीँ पुराना दिनहरूको सम्झना ताजा गराउन जब एल्बम पल्टाउन थाल्छु, यस तस्बिरले त्यसैत्यसै मेरो ध्यान एकाग्र बनाउँछ । मैले त यस तस्बिरलाई एउटा सिंगो इतिहास बोकेको साक्षीका रूपमा लिने गरेको छु । एक किसिमले मेरो जीवनमै यस तस्बिरको बेग्लै भूमिका छ । मानिसहरूलाई सामान्य लाग्न सक्छ तर घटनाक्रमका कारण मलाई भने यो महत्त्वपूर्ण तस्बिरहरूमध्येको एक लाग्छ । यसलाई हेर्नासाथ पुराना सम्झनाहरू फनफनी घुम्न थाल्छन् । तर, जब आजको दिन सम्झन पुग्छु, विरक्त लागेर आउँछु । मन अड्याउने ठाउँ नै पाउँदिनँ ।

नेपाल साप्ताहिक ३३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *