Skip to content

पहिले पहिलेका बहादुर अच्छे लोग थे


पहिले पहिलेका बहादुर अच्छे लोग थे
बोक् भन्यो कुई कुई बुई बोक्थे
ठोक् भन्यो घर्याप्प सलाम ठोक्थे
जोक् भन्यो हाँसी हाँसी जोक्थे
शोक् भन्यो रोई रोई शोक्थे
पहिले पहिलेका बहादुर अच्छे लोग थे ।

पहिले पहिलेका बहादुर अच्छे लोग थे
खोक् भन्यो फोक्सै निस्कने गरी खोक्थे
थुक् भन्यो तीन पाथी पनि थुक्थे
नथुक् भन्यो मुखैमा रोक्थे
थुक, र्याल, सिँगान मात्र होइन
चाहियो भने रगत पनि पोख्थे
पहिले पहिलेका बहादुर अच्छे लोग थे ।

पहिले पहिलेका बहादुर अच्छे लोग थे
सारेजहाँ से अच्छा हिस्दुस्थान घाँटी सुकुन्जेल घोक्थे
रोटी हमारा अच्छा बङ्गारा दुखुन्जेल टोक्थे
बेटी तिनका अच्छा, मूल्य आफैँ तोक्थे
बेटी दिन्थे अनि खुट्टामा पनि ढोग्थे
पहिले पहिलेका बहादुर अच्छे लोग थे ।

अहिले अहिलेका बहादुर अच्छा नहीं
संविधान रोक भन्यो टेर्ता नहीं
ल भैगोँ धारा त फेर् भन्यो फेर्ता नहीं
नाकाबन्दीले रौँ पनि झर्ता नहीँ
ग्याँस पेट्रोल नभए पनि भोकभोकै मर्ता नहीं
अहिले अहिलेका बहादुर अच्छा नहीं ।

ढुङ्गामुढा गरे नि एक पाइला पछाडि सर्ता नहीं
शरणमा पर्छ कि भन्यो पर्ता नहीं
चाकडी गर्छ कि भन्यो गर्ता नहीं
जति डर देखाए नि डर्ता नहीं
झर्ला र खाम्ला भन्यो झर्ता नहीं
अहिले अहिलेका बहादुर अच्छा नहीं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *