Skip to content

पहिले मन्त्र सिकेँ ठूलागुरु सँगै क्रान्ति कसोरी भनी।
भित्र्याएँ हतियार ली गुरुसँगै बालेँ मसाल दनदनी।
पड्काएँ बम गाउँमा झुपडीमा क्रान्ति सफलहोस् भनी।
ठूला मालिकका महलतिर नजर लाईन कहिल्यै पनि।
देखाएँ खुब शान गाउँघरमै हुँ क्रान्तिकारी भनी।

त्यैबेला अरु दुष्टले बल गरी मालिक लघारी दिए।
ठाडै बोल्न मिलेन त्यस बखतमा हो हो भनी साथ दिएँ।

मालिकको अबशान खप्न नसकी सारै भयो छटपटी।
थन्क्याएँ हतियार पसेँ शहरमै मन पोल्दथ्यो भत्भती।
केही बर्ष बिते यताउति गरी मेसो मिलाई रहेँ।
पल्ला मालिकको लिईमत ठूला मालिक रिझाई रहेँ।

मेरो अन्तिम लक्ष्य हो थलिएको दरबार ब्युताउँने।
मालिकलाई खुशी बनाई खुशीले गद्गद् भई राजहुने।
ऐले क्रान्ति बढिरहेछ दिनदिन उत्कर्ष बिन्दु तिर।
एक दिन पूर्ण हुनेछ क्रान्ति अनिपो उँचो गरौँला शीर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *