Skip to content

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेशः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।
वास्तवमा छन्द भन्नु लय हो, लयमा गीत्यात्मकता हुन्छ लय गायनगुणले युक्त हुन्छ । लयलाई कसैले नकार्न सक्तैन । बोली वचनमा समेत लय हुन्छ, लयरहित वाणी हुन्न, नियमितता हुनु नहुनु बेग्लै विषय हो । लयात्मकताले वाणीमा मधुरता आउँछ, गेयात्मकता दिन्छ । नियमित लय र नियमरहित लयमा अभिव्यक्त हुनु वाणीको लक्षण हो । वाणीको लयले जब नियमितताको बाटो लिन थाल्छ त्यहाँ छन्द सुरु हुन थाल्छ । यसबाट हामीले बुझनु के पर्छ भने त्यो लय जसमा नियमितता हुन्छ त्यो नै अर्काे शब्दमा छन्द हो ।

क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *