Skip to content


मित्रै मित्रको रङ्गीन दुनियाँको माझमा
नेपालको सुन्दर मानव चित्र चाहन्छु
मित्रै मित्रले भरिएको सुन्दर साँझमा
एउटा आत्मीय मित्र चाहन्छु

चाहना छ त्यस्तो मित्रको
मेरो सुखमा हर्षित हुने
मेरो दु:ख देखेर उसको चित्त रुने
मित्रता मै रमाएर सपनासरह बुन्ने ।

मित्र मेरो होस् यस्तो
मित्रतामै संसार समेट्ने
मन दुखाएर कसैलाई पनि नहेप्ने ।

तर भित्रभित्रै डरएको छ यो कमजोर मन
गुलाफ टिप्न खोज्दा कतै काँडामा पर्ने त होइन
यो तन मित्रताको फूल खोज्दा कतै
माटोमा गाडिएर रहने त होइन ?

आजकाल कागहरू बकुल्लाको भेषमा घुम्छन् रे !
जहाँतहीँ जताततै विश्वासघाती हुन्छन् रे !
त्यसैले त कहिलेकाहीँ झस्कने गर्छु
कहाँ मेरो आसपास कागहरू त छैनन् ।

सविन विश्वकर्मा
कक्षा : ११, मन्थली उमावि, मन्थली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *