Skip to content

शिरलाई उच्चाउँछ


शिरलाई उच्चाउँछ या त घटाउँछ
समयले छिनोफानो गरी बताउँछ

समयको नोकर हुँ र त अधीन छु
हसाउँछ, रुवाउँछ कैले मताउँछ

जसलाई दुईपावा मासु भन्नेगर्छौ
त्यो मुटु हो संसार जहाँ अटाउँछ

यत्ति धेरै निष्ठुरी नभन्नु कसैलाई
सम्झिएर एक दिन याद पठाउँछ

कतिञ्जेल कालो रात बसिरन्छ र ?
भोलि बिहान सूर्य आउँछ हटाउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *