Skip to content

दुई मुक्तक (के हुन्थ्यो मान्छे)


(१)
के हुन्थ्यो मान्छे धडकन नभए ?
र अँझ उसमा मुटु र मन नभए ।
यादका सन्तानलाई भूल्यो र कसले ?
यहाँ मदिरा पिउने चलन नभए ।

(२)
म मर्न सक्छु या मारिन सक्छु घुम्टो खोलिनौ भने
तड्पाइकै एम्बुसमा पारिन सक्छु घुम्टो खोलिनौ भने ।
म जाउँ त कहाँ ? बनूँ भने पनि आकासका जूनतारा
यो यादले फेरि झारिन सक्छु घुम्टो खोलिनौ भने ।।

उद्धव अविचल
सुनारपानी, रामेछाप ।

पूर्व विद्यार्थी, बिएड्, शिक्षा संकाय,
मन्थली क्याम्पस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *