Skip to content


आफैलाई नियालेर हेर्छु
कहिले हात छाम्छु आफ्नै आफैले
कहिले खुट्टा छाम्छु आफ्नै आफैले
तर
उत्तर केही भेटाउदिन
आखिर,
म को हुँ ?

बाउ–आमाले काले भन्छन्
साथी–भाइले लाले भन्छन्
न कालो नै छु म
न लाल नै छु म
काले भएर कालो हुन सकिनँ
लाले भएर रातो हुन सकिनँ
आखिर,
कसले पो भन्न सक्छ
म को हुँ ?

कसैका लागि काँडा हुँ म
कसैका लागि फूल हुँ म
का“डा नभई फूल हुन सकिनँ
प्रीतको मुल कहिल्यै हुन सकिनँ
न त लटरम्म फलेको बोट भएँ
न त हरियो नोट भएँ
ए, भन्न सक्ने कोही छौं भनेर बेसरी कराए
तर कोही बोलेन
आखिर
म को हुँ ?

— खजुरा खुर्द – १ बाँके, नेपालगन्ज (बाँके)

Leave a Reply

Your email address will not be published. Required fields are marked *