Skip to content

ताकेर निशाना लाए

FB_IMG_1469515323319

गजल सम्बेग

प्रेमधनुस उसको मुटुमा “ताकेर” निशाना लाए।
हजारौको भीडमा उसैलाइ “झाकेर” निशाना लाए।।

अन्तै कसैको रंगीन बागमा झुलीरहेकी थीइ,
थामीएन प्रेमील धुनमा “डाकेर” निशाना लाए।।

क्षमता आफुमै भएपनी इश्वर सामु  मागीरहें,
आफ्नै तक्दीरमा बसाउन “भाकेर” निशाना लाए।।

सहास निकै कडक रहेछ सागरमा पौडीदैथी,
खीयाउदै प्रेमको डुंगा “हाकेर” निशाना  लाए।।

आकासको चरी जस्तै उडीरहने मन रहेछ,
धर्तीमै सिमीत टोलाउदै “थाकेर” निशाना लाए।।

सन्दीप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *