Skip to content

चुमेर पानाभरि

  • by


चुमेर पानाभरि यति म लेखिदिन्छु
प्रीतिका बाचाहरू जाने जति लेखिदिन्छु

रातभरि-भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरू सबै म लेखिदिन्छु
निस्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु
नलेख्नु पर्ने पनि शायद म लेखिदिन्छु

वर्णन गरेर तिम्रो सर्बाङ्ग लेखिदिन्छु
एक छिनको निम्ति तिमीलाई उदाङ्ग देखिदिन्छु
शायद रिसाई दिन्छौ, हुनसक्छ च्यातिदिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु

शब्द/संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *