Skip to content

बिगार्न लागे, देश हाम्रो


बिगार्न लागे, देश हाम्रो
उधार्न लागे, देश हाम्रो

अतीव स्वार्थी, देख्छु नेता
डकार्न लागे, देश हाम्रो

रहेन बाँकी, श्रोत केही
निखार्न लागे, देश हाम्रो

सधैँ छ कुर्सी मोह मात्रै
पछार्न लागे, देश हाम्रो

भुले सबैले, देशवासी
लतार्न लागे, देश हाम्रो

खसाल्न खोजे, भीर बाट
र मार्न लागे, देश हाम्रो

(विश्राम – ५ अक्षरमा)
-कोमल भट्ट
चन्द्रागिरी न.पा -२१
काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *