मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तर्साउने रूख (लघुकथा)
editor — Wed, 08/24/2016 - 22:39
सानै छँदा आमाको परलोकपश्चात टाक्सेको लाम्टो चुसाएर बजैले हुर्काको मलाई । सात आठ वर्षको हुँदा बजै मेरो टाउकोको लिखालाई ठुँग हान्दै सम्झाउँदै भन्नुहुन्थ्यो, "चमेरेपारीको सखुवाको रूखमा झुल्के घाम, मध्यनी र अस्ताउदो घाममा कहिल्यै नजानु ।"
"किन हजुर आमा ?"म स्पष्ट हुन खोज्थेँ ।
उहाँ मलिम स्वरले पर्गेल्नु हुन्थयो "उहिलेनै मामलो हिडेकी पन्ध्र वर्षकी दिदी र आठ वर्षकी बहिनी त्यही रूखमा आइपुग्दा झमक्कै साँझ परेछ र त्यहीँ बास बसेछन् । आगो बाल्न थैलीबाट झुलो चक्मक निकाल्न खोज्दा चक्मक घरमै छोडेको रैछन् रे । दिदी पीर मान्न थालिछे । तर दिदीलाई अँगालो मार्दै बहिनीले भनिछे, "रात काट्न तपाई र म साच्चीकै हारजीतको झ्याउरे गीतमा जुहाडी खेलौं, पालै पालो नाचौं ।"
"किन र सानी?" दिदी छक्क पर्दै सोध्छे ।
"त्यसो गर्दा डर लाग्दैन, निद्रा लाग्दैन । अनि केही घोँचा र झटारो काटेर राखौँ ।"
बहिनीले भने झैँ गरी दिदीले पनि ।
रात छिपियो । दिदीबहिनीको स्वर वनको सुन्य परिवेशलाई झक्झकाउदै गुँञ्जिन थाल्यो । मध्येजंगलबाट आइरहेको कोकिल स्वरलाई धेरैले तर्साको भने ।
तर मध्ये राततिर खुट्टा नभएको निशाचर आएर भनेछ "दिदी खाम कि बहिनी खाम?"
त्यसलाई घोँचाले कुटेरै भगाएछन् ।
फेरि धेरै खुट्टा भएको जीव आएर भनेछ, "हामी तिमीहरूलाई खान्छौं ।"
तिनीहरूलाई झटारो हान्दै खेदेछन् ।
दिदीबहिनी गीत गाउँदा, नाच्दा र निशाचरसँग लड्डी गर्दा फतकै गलेर सुस्ताको मात्रै थिए दुईखूट्टे जनावर आएर भन्यो, "ए केटी हो, दुइटीमा एउटी खान्छु । भन को तयार छौ?"
दिदीबहिनी दुई खुट्टेसँग जुधे । तर हारेर बहिनीले भनिछे, "मलाई खाऊ मेरो मासु कमुलो छ, दिदी छिपिए कि हड्डि मात्रै छिन् ।"
"बहिनीलाई होइन मलाई खाओ," भनी दिदीले ।
तर बहिनीले मलाई खाऊ भन्दै अघि लागी । दिदी रुन थाली बहिनीको मायाले । खोला छेऊमा पुगेर दुई खुट्टेले बहिनीलाई भन्यो "अब तलाई खान्छु ।"
"पहिले मलाई कुनै पनि विषयको तर्कमा हराएर खानु अँझै स्वादिष्ट हुन्छु," बहिनीले सर्त राखी ।
मान्यो दुई खुट्टेले पनि प्रस्तावलाई, केटाकटी सोचेर । तर्क गर्दा गर्दै उज्यालो भएपछि दुई खुट्टे हारेर भाग्यो । बहिनी दिदी भाठाँ आउदा दिदी थिइन । मामाको घर पनि थिएन । घर पनि पुगेन । सबैले लखाएछन् त्यही रूखबाट तस्करले लग्यो । त्यही दिदी छ्यास्छ्यास्सी छ रे ।
अनि म त्यही हजुरआमाको तर्साउने रूखतिर गइन किश्वोर अवस्था नकटुन्जेल । आज त्यही रूखको फेंदमा बसेर यो कथा लेखिरहेको छु, गाह्रुँगो मन लिएर ।
टंकबहादुर आलेमगर
२०७३ भदौ ०५
- 778 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 2 hours ago - सानो आग्रह गरे है सर
1 day 21 hours ago - कत्रो दुर दर्शिता
6 days 6 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 21 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 25 min ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- परिवर्तन
- विचलित मान्छे
- मैथिली साहित्यमे ‘भगजोगनी’क आगमन
- कसले के खान्छ
- छोरीको जात
- नयाँ वर्ष
- मेरो जन्मभूमिमा
- डा. नरेन्द्र चापागाईप्रति साहित्यकारहरूको धारणा
- सुन्तलेको उकालो र दिङ्गलाको ओरालो
- सीप (बाल-एकाङ्की)
- म त लाली गुराँस भएछु
- कवि शिरोमणिको भविष्यवाणी नै ठीक
- मेरो आफन्तलाई सलाम
- भान्जी किमाथाङ्कालाई पत्र
- अर्घाखाँची
- पाइला चालौँ
- के हो मित्र
- सुमधुर स्मृति नयनबाट टाढा भयो
- लोडसेडिङ
- जीवन व्यर्थै झरेर गयो
- म पानी हुँ
- अतृप्त यौन इच्छा
- अनाम पाठशालामा एकदिन
- "जिङ्ग्रिङ्ग फूलको बोट"
- युद्ध र साना देशहरू (अनूदित लघुकथा)
- आमा र बाको झगडा
- सारङ्गी
- आमा
- को दोषी ?
- जुन फूललाई पानी दियौँ
Post new comment