Skip to content


म वर्तमान सँगसँगे हिँड्न थालेँ । हुन त मेरा प्रत्येक हिँडाइहरूको अवमूल्यन हुन सक्तैन भन्ने कुराको विश्वासलाई मैले वर्तमानसँग दाँजेर हेरेको छु । म वास्तवमा विम्बको खोजीमा छु । त्यो विम्ब वर्तमान हो भन्ने कुराले मलाई त्यति नै क्रियाशील बनाएको कुरालाई मैले नकार्न पनि सकिरहेको छैन । त्यसैले त मैले आफूलाई विद्रोही बनाएको छु । त्यो विद्रोह हाम्रो मायाको भएको छ ।

‘तिमीलाई थाहा छ, प्रत्येक बिहान म झ्यालबाट बाहिर देखिन एउटा सुन्दरता, एउटा स्वतन्त्रता र एउटा अस्तित्वको पुनरावृत्तिका लागि यो शब्द तिमीसम्म बोल्ने प्रयासमा प्रतिबद्ध भएको छु ।’

गाउँबाट अलिक टाढाको सदरमुकाममा भर्खरै बसाइ सरेको तिमीले आज बिहान फोन गरेर बोलेका एकएक शब्दले मलाई एकैचोटि फेरि मायाको विद्रोहमा सामेल हुन उक्साएको छ । यो झ्यालभित्रको कोठाभित्र कमल र कापी– भरिभरि शब्दमाथि शब्दहरू लेख्ता मैले के पनि बिर्सेको छु भने म तिमीलाई त्यसरी नै तटस्थ माया गर्न चाहल्छु । मायाको परिभाषा कोठाभित्र कैद हुन सक्तैन । जुन निर्विवाद सत्य हो त्यो अस्वीकार्य पनि हुन सक्तैन ।’तिमीले भन्यौ ।

म त चुपचाप तिम्रा कुराहरू सुनिरहेको छु । मैले एउटै कुरा तिम्रो के मन पराईरहेको छैन भने तिमी व्यक्तिगत कुराहरूमा सामुहिक कुराहरूलाई निमिट्यान्न पार्ने कोसिसमा छौ, जुन गलत छ । जुन असत्य छ ।त्यसैले मैले पनि भनेको छु –‘हेर ! तिमी आफ्ना कुराहरू मात्र यसरी लगातार भनेर मलाई अप्ठ्यारोमा नपार । म तिमीलाई खुलेर उत्सर्ग गरेको देख्न चाहिरहेको छु ।

प्रेमको यो एउटा प्रतिक्रिया जन्मन सक्तैन । अब दोस्रो वर्ष अँझ पीडादायक भएको कुराले विद्रोहको अर्थ हाम्रो प्रकृयागत माया हो मलाई एक प्रकाशले अभिशप्त बनाएको छ । जुन समयले साँगुरिन सक्तैन । म पनि अब त हाम्रा मनहरू शब्दहरूमा सीमित हुनु र हाम्रो भेटघाट सीमित रहनुले मलाई त्यति नै अस्वाभाविक बनाएको छ । ‘तिमीसँगै बसेर जीवनलाई यो खुल्लाचौर र सडकजस्तै पोख्न मन लागेको छ ।’

एक बिहान मेरो हात समात्दै तिमीले कसरी ब्यूँयौ । ओहो ! मलाई त मृत्यु होलाजस्तो भहो तिम्रो स्पर्श रसँगै बिताएका रातहरू सम्झेर । एउटा उच्च यथास्थितिमा ल्याइपुर्याएको हाम्रो मायाले मृत्युलाई अवश्य जित्न सकिनेछ । हुन त मैले पनि हाम्रो कुरालाई यसरी बुझेको छु ।

मलाई थाहा छ हामी अर्को रात या अर्को दिन बिताउन सक्ने अवस्थामा पनि छैनौँ । ‘अब म यो गाउँ छोडेर जानुपर्छ । असुरक्षामा हाम्रो मायाको बलात्कार भएका त्यो पीडाले हामीलाई जीवनका खुसीहरूसँग विक्षित्त बनाइदिन सक्छ ।’

‘ओहो ! म आफूलाई विद्रोह गरेर माया गरेको मान्छेलाई कसरी अर्को ठाउँमा सजिलै जान दिन्थेँ होला र ? तिमी करायौ । तिमी लगातार कराउँदै गयौ । म सुषप्त र एकदमै अस्वाभाविकता मेरो शरिरका हरेक अङ्गप्रत्यङ्गहरूलाई सुमसुम्याउन थालेँ । तिमीले छोएका हातहरू, ओठहरू, गाला र सम्पूर्ण आँखाहरू जहाँ मात्र एउटा उत्सर्ग बाँचेको छ, जहाँ मात्र एउटा प्रतिक्रिया जन्मन सक्तैन । अब विद्रोहको अर्थ हाम्रो प्रकृयागत माया हो जुन समयले साँगुरिन सक्तैन ।

म पनि आफूलाई त्यहीअनुसार स्तब्ध बनाएर भाग्न सकिरहेको अवस्थामा थिइनँ । तिमी गयौ । त्यो रात मेरो लागि कहिल्यै बिहान नहोलाजस्तै भएर गहिरिएर गएको कुरालाई मैले तिमीसामु स्पष्ट पारेको छु । अहिले । मेरो मन कसरी उदाङ्गो भएको थियो । मेरो शरीर कसरी एक्लो र असहास भएको थियो । म रुन सकिरहेको थिइनँ र एकदमै स्पष्ट जीवन भोगिरहेको थिएँ ।

‘अनि मैले तिमीसँग बिताएका हरेक मैले पनि एकदमै अलक बाटोमा म पनि साँझ र साँझमा अभिव्यक्त स्पर्शहरूलाई लाग्नुपर्छ भन्ने अवस्थामा आफूलाई उभ्याएँ । तिमीले कसरी लिएका छौ ?’

मैले तिमीलाई लेखेको यो पत्रको जबाफ नआएर मलाई कति धेरै चोट पुगेको छ । त्यो त सहजताका साथ मैले भन्न सकिरहेको छैनँ । तिमीले साउती मार्दै बोलेका थियौ । मैले आज यो वर्तमानमा म उभिएको पृश्वीको यो सानो
माटोलाई छोएर भन्नैपर्छ मेरो विद्रोहले सँघारमा पृश्वीको उचाइको मूल्याङ्कन गरिरहेको छ ।

‘मेरो जीवन फेरि भूतविरुद्धको मोर्चामा आबद्ध एउटा अप्ठ्यारो पात्रको थालनीमा छ ।’ तिमी बोल्यौ । मैले पनि सुस्तरी जनाउँदै भनेँ– ‘तिम्रो लडाइँको हिस्सेदार मलाई या मेरो अस्तित्वलाई बनाउनेछौ या बनाउने छैनौ ?’

तिमीले भन्यौ –‘तिमी र म अलग, एकदमै अलग लडाइँमा छौँ । आफ्नो जीवनको पूर्ण बाँच्न पाउने स्वतत्रन्ताको यो लडाइँमा हामी एक्लैएक्लै लड्नुपर्नेछ र त्यो लडाइँमा आआफ्नो सहअस्तित्व पनि त्यति नै महत्वपूर्ण हुन्छ । हामी जसरी अलग र पृथक् जीवनको कुरा यति बेला गरिरहेको छौँ अब हाम्रो प्रेमको अलग पराकाष्ठा सुरु हुनुपर्छ अलग अस्तित्वको सुरुवात हुनुपर्छ । म तिमीलाई लगातार यसरी नै माया गरिरहने अवस्थामा हुन सक्तिनँ ।’ तिमी बोल्यौ ।

तिमी किन कठोर हुँदै गइरहेका थियौ त्यो मैले बुझिनँ तर तिम्रो कठोरताले मलाई दिएको अव्यक्त पीडाले अँझ व्यथित बनाउँदै मलाई भने अशक्त बनाउँदै लगेको थियो ।

तिमीले सधैँ नै अलग बाटो रोज्यौ ।‘अनि मैले पनि एकदमै अलक बाटोमा म पनि लाग्नुपर्छ भन्ने अवस्थामा आफूलाई उभ्याएँ । तिमी र मैले एक अलक मूलमा जीवनलाई भने आत्मसात् गर्नैपर्छ, अहिलेको निक्र्यौल यो पनि हो मेरो ।

मृत्युभन्दा अलिक अगाडि या पछाडि उभिएर जीवनलाई हेर्ने दृष्टिकोणमा फरक अन्तद्र्धन्द्धले अवश्य पनि एक परिस्थितिमूलक अवस्थालाई आत्मसात् गर्न सक्छ । त्यो हामी बीचको साझा समझदारी हो । हामी बीचको समझदारीले मलाई कति धेरै चोट पुगेको छ । त्यो त सहजताका साथ मैले भन्न सकिरहेको छैन । जीवन र मृत्युबीच हाम्रो मायाको विजयोत्सवका लागि एक समानान्तर लडाइँमा छु । यो समानान्तर लडाइँमा मैले आफूलाई यो लडाइँको बीचमा उभिएर एउटै कुरा के स्वीकारेको छ’ भने स्वतन्त्रता बाँच्नका सहमति जीवनभन्दा महत्वपूर्ण हुन्छ ।

आखिर जीवन र जीवनसँग सम्बन्धित स्वतन्त्रता दुवै कुरा नैसर्गिक हो । यो नैसर्गिक अधिकारका लागि हामीले स्वाभाविकतालाई पनि जन्माएका छौ । मैले झ्याल खोलेँ । तिमीले भनेको जस्तै झ्यालबाहिरको त्यो स्वाभाविकतालाई मैले यतिखेर यति धेरै माया गरेर जोगाउन चाहिरहेको छु । झ्यालबाट देखिने खुला चौरमा उभिएका सानासाना बालबालिकाहरूको अस्तित्वका लागि मलाई यसरी नै खुला झ्यालबाहिरको यो वातावरण प्यारो लाग्न थालेको छ । म झ्याल बन्द गर्न सक्तिनँ । बाँच्न्का लागि र माया गर्नका लागि सुरु भएको यो विद्रोहले अवश्य पनि म बाँचेको यो सानो टुक्रा जमिनमाथिको मेरो रक्ष ागर्नेछ । म झ्याल बन्द नगरेरै एकतमासले आकाह हेरिरहेको छु ।

‘झ्याल किन खुलै पारेको ?’ झ्याल खुला मैले झ्याल खोलेँ । दुवै ढङ्गबाट लिन सकिन्छ, मैले निक्र्यौल तिमीले भनेको जस्तै झ्यालबाहिरको त्यो निकालेर भनेँ –‘हेर सुनिल ! मलाई यो खुला आकाश हेरेर जीवनलाई रुपान्तरिक गर्न झ्यालबाट मन लागेको छ, जुन मेरा लागि अपरिहार्य देखिने खुला चौरमा उभिएका सानासाना छ, मैले यसरी पनि आफ्नो हेराइलाई बुझेको बालबालिकाहरूको अस्तित्वका लागि मलाई छु । मलाई के लाग्छ भने कसरी धेरै थरीका यसरी नै खुला झ्यालबाहिरको यो वातावरण मानिसहरू लामबद्ध लागेर एकनाससँग प्यारो लाग्न थालेको छ । म झ्याल बन्द सडकमा हिँडेका छन् । उसले त एउटौ कुरा गर्न सक्तिनँ । बन्द गर्नु विद्रोह हुन सक्तैन । स्पष्ट पार्छ –मानिसबीचको एकता बाँच्न्का लागि र माया गर्नका लागि सुरु मानिसबीचको प्रेम । यो एकता र प्रेमको भएको यो विद्रोहले अवश्य पनि म बाँचेको दायरा छोटिनुपर्छ । यो प्रेमले अमरत्व दिन्छ ।’

यो सानो टुक्रा जमिनमाथिको मेरो म भावुक भएँ र उसले कुझिहाल्यो । अस्तित्वको रक्षा गर्नेछ । म झ्याल बन्द म बाहिर मानिसहरूको एकताको मूल्याङ्कन नगरेरै एकतमासले आकाह हेरिरहेको छु । हुनुपर्छ भनेर सम्बोधन गरिरहेको छु ।

‘झ्याल किन खुलै पारेको ? झ्याल खुला झ्यालबाट देखिने खुला चौरमा उभिएका सानासाना बालबालिकाहरूको अस्तित्वका लागि मलाई यसरी नै खुला झ्यालबाहिरको यो वातावरण प्यारो लाग्न थालेको छ । म झ्याल बन्द गर्न सक्तिनँ ।

बाँच्न्का लागि र माया गर्नका लागि सुरु भएको यो विद्रोहले अवश्य पनि म बाँचेको यो सानो टुक्रा जमिनमाथिको मेरो रक्ष ागर्नेछ । म झ्याल बन्द नगरेरै एकतमासले आकाह हेरिरहेको छु । ‘झ्याल किन खुलै पारेको ? झ्याल खुला पार्दा भित्रको कोठा अर्थात् बाहिरका मानिसहरूले देख्न सक्छन् जुन कुरालाई तिमीले कसरी राम्रो भन्न या मान्न सक्छौ ?’

मेरो साथीले भन्यो । हो, आफ्नो कोठा बाहिरको मानिसले देख्न हुँदैन ।

आफ्नो अस्तित्वलाई बाहिर देखाउनलाई दुवै ढङ्गबाट लिन सकिन्छ, मैले निक्र्यौल निकालेर भनेँ –‘हेर ! आकाश हेरेर जीवनलाई रुपान्तरिक गर्न मन लागेको छ, जुन मेरा लागि अपरिहार्य छ, मैले यसरी पनि आफ्नो हेराइलाई बुझेको छु । मलाई के लाग्छ भने कसरी धेरै थरीका मानिसहरू लामबद्ध लागेर एकनाससँग सडकमा हिँडेका छन् । उसले त एउटौ कुरा स्पष्ट पार्छ –मानिसबीचको प्रेम । यो एकता र प्रेमको दायरा छोटिनुपर्छ । यो प्रेमले अमरत्व दिन्छ ।’ म भावुक भएँ र उसले कुझिहाल्यो । म बाहिर मानिसहरूको प्रेमको दायराको मूल्याङ्कन हुनुपर्छ भनेर सम्बोधन गरिरहेको छु ।

कमला बुढाथोकी सरुप

Leave a Reply

Your email address will not be published. Required fields are marked *