उखाल्छ खम्बा अलिभित्र सार्छ
उचाल्छ नेता गुट भित्र पार्छ
बटार्छ थोरै जब कानलाई
खुसुक्क नारा गुणगान झार्छ
उराल्छ पैसा पनि भित्रभित्र
लतार्छ खोजी हनुमान नार्छ
यतै छ बोल्ने परमित्र बोली
बसेर पाखा ऊ जुँगा बटार्छ
दिएर पित्को हनुमानलाई
लुछेर माटो खुब त्यो डकार्छ
मिलेछ दुष्मन् सरिकै छिमेकी
दिदैन बन्नै झन त्यो विगार्छ
कहाँ छ हाम्रो अति राष्ट्रवाद
रुँदैछ माटो कसले उतार्छ
कविता सुन्दर छ चूडाजी ।
कविता सुन्दर छ चूडाजी । हाम्रो राष्ठ्रियतामाथिकाे चिन्ता छ । हाम्रो छिमेकी पीडा छ । छन्दकवताकाे माेहमा छु म । खुसी लाष्छ यस्ता सामग्री पाउँदा ।