Skip to content

भोलिको के अर्थ

आज नभए भोलिको के अर्थ ।
तुना नभाको चोलीको के अर्थ ।।

बाजा घन्काउँदै जन्ती आएनि
दुलही हराईन् डोलीको के अर्थ ।।

पानी पर्दा नि कलकल नबग्ने,
सुख्खा बगर–खोलीको के अर्थ ।।

तन सुन्दर, मन पापी भएपछि,
रंग, अबिर– होलीको के अर्थ ।।

माग्दै हिड्ने हालमा छ तुलाधर,
भिक्षा अनुरोध–झोलीको के अर्थ ।।

– खजुराखुर्द १ बाँके, नेपालगन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *